Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अमेरिकी पत्रकार किटल्सनको बगदादबाट अपहरण

Editorial Team by Editorial Team
April 2, 2026
in News, World
0
अमेरिकी पत्रकार किटल्सनको बगदादबाट अपहरण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – इराकको राजधानी बगदादबाट अमेरिकी स्वतन्त्र पत्रकार शैली किटल्सनको अपहरण गरिएको घटना सार्वजनिक भएको छ । मंगलबार अज्ञात समूहले अल सादुन सडक नजिकैबाट किटल्सनलाई जबरजस्ती गाडीमा राखेर लगेका हुन् ।
घटनासँग सम्बन्धित एक भिडियो सामाजिक सञ्जालमा फैलिएको छ, जसमा हतियारधारी व्यक्तिहरूले पत्रकार किटल्सनलाई गाडीबाट तानेर अपहरण गर्दै लगेको देखिन्छ ।
इराकको गृह मन्त्रालयले घटनाको पुष्टि गर्दै पत्रकार किटल्सन अपहरणमा परेको जनाएको छ । मन्त्रालयका अनुसार सुरक्षाकर्मीलाई तत्काल परिचालन गरिएको जनाएको छ ।
अपहरणमा परेकी पत्रकार किटल्सन पछिल्लो समय एक अन्तर्राष्ट्रिय समाचार वेबसाइटका लागि मध्यपूर्व केन्द्रित रिपोर्टिङ गर्दै आएकी थिइन् । उनी युद्धग्रस्त क्षेत्रबाट समाचार संकलन गर्ने पत्रकारका रूपमा परिचित छन् ।
गृह मन्त्रालयका अनुसार प्राप्त गोप्य सूचनाको आधारमा सुरक्षाकर्मीले अपहरणकारीको खोजी गरेका थिए । यस क्रममा अपहरणमा प्रयोग गरिएको एउटा गाडी दुर्घटनामा परेपछि एक जना संलग्नलाई पक्राउ गरिएको र केही सवारीसाधन नियन्त्रणमा लिइएको छ ।
तर पत्रकारलाई लगिएको अर्को गाडी भने घटनास्थलबाट फरार भई बगदादको दक्षिणतर्फ गएको जनाइएको छ ।
यस घटनामा इरान समर्थित सशस्त्र समूहको संलग्नता हुनसक्ने आशंका गरिएको छ । तर यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन ।
पत्रकार किटल्सनले यसअघि मध्यपूर्व, विशेष गरी इराक र सिरियाको युद्धपछिको अवस्थाबारे विस्तृत रिपोर्टिङ गर्दै आएकी थिइन् । उनको रिपोर्टिङमा स्थानीय अवस्था, द्वन्द्वको प्रभाव र मानवीय संकटका विषय समेटिने गरेका थिए ।
यसैबीच, इराकको कमजोर सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अमेरिकाले आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ । अमेरिकी दूतावासले हाल इराकमा बसोबास गर्नु जोखिमपूर्ण रहेको चेतावनी दिएको छ ।

Advertisement Banner
Previous Post

युक्रेनी सेना डोनबास क्षेत्रबाट फिर्ता हुनु पर्छ :क्रेमलिन

Next Post

आज अटिजम जागरुकता दिवस: विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै

Editorial Team

Editorial Team

Next Post
आज अटिजम जागरुकता दिवस: विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै

आज अटिजम जागरुकता दिवस: विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै

Discussion about this post

Recommended

अभिनेत्री नीता र हरिहर वैवाहिक बन्धनमा

अभिनेत्री नीता र हरिहर वैवाहिक बन्धनमा

4 years ago
ADB Appoints Junkyu Lee as Representative for North America Office

ADB Appoints Junkyu Lee as Representative for North America Office

2 months ago

Don't Miss

First session of new Parliament from today

First session of new Parliament from today

April 2, 2026
होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

April 2, 2026
मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

April 2, 2026
आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

April 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.