Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

सन् २०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ घोषणा

Editorial Team by Editorial Team
May 25, 2022
in Awards, Nepal
0
सन् २०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ घोषणा
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ —सन्२०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’(डीएएसजे) नेपालको समुदायमा आधारित कलासँग सम्बन्धित संस्था कर्णाली आर्टस् सेन्टर (केएसी) तथा संयुक्त राज्य अमेरिकामा रहेको दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी लायब्स (ईएल) लाई प्रदान गरिने भएको छ ।

दर्नाल पुरस्कार छनोट समितिले जातीय असमानता र विभेद अन्त्य गर्न प्रतिबद्धता, साहस र कल्पनाशीलताका लागि दलित नेतृत्वका दुई संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कार विजेता दुवै संस्थालाई जुन ८, २०२२ (जेठ २५, २०७९) मा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने द्विवार्षिक अन्तर्राष्ट्रिय पुरस्कार वितरण समारोहमा प्रत्येकलाई २ लाख ५० हजार राशिसहित पुरस्कार प्रदान गरिने छ ।

यसबाहेक, दर्नाल पुरस्कार छनोट समितिले अन्य वर्षमा जस्तै सामाजिक न्यायको क्षेत्रमा क्रियाशील दलित समुदायका लेखक तथा पत्रकार ध्रुवसत्य परियार र मानव बेचबिखन विरोधी अभियन्ता करुणा त्रिखत्रीलाई सन् २०२२ को सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

‘सन् २०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ को मूल विषय ‘कला र मानविकी’ भएकोले हामीले जातका प्रश्नमा रचनात्मक रूपमा क्रियाशील रहेका राष्ट्रिय र अन्तर्राष्ट्रिय मनोनयनको उल्लेखनीय सहभागिता प्राप्त गर्यौँ । कर्णालीको दुर्गम कुनादेखि सिलिकन भ्यालीको प्राविधिक हबसम्म फैलिएका उहाँहरूका संघर्ष र प्रतिरोधका कथाले जात एक विश्वव्यापी मुद्दा हो भन्ने प्रमाणित गर्छन्, किनभने जुनसुकै वर्ग र शैक्षिक स्तरका भए पनि दक्षिण एसियालीहरू जहाँ–जहाँ पुग्छन्, उनीहरूले सामान्यतः जातीय विभेद र छुवाछूत गरेका उदाहरण छन् । उहाँहरूका व्यक्तिगत, संस्थागत र अन्वेषणका कथाहरूले गहिरोसँग जरा गाडेका जातका मुद्दालाई शक्तिशाली ढंगले सम्बोधन गरिरहेका छन्, चुनौती दिइरहेका छन्, दलित कथाहरूको पुनर्कल्पना तथा पुनर्लेखन गरिरहेका छन्, ‘ पुरस्कार छनोट समितिले सोमबार एक विज्ञप्तिमार्फत भनेको छ ।

दर्नाल पुरस्कार र सम्मान समारोह सरिता परियार ट्रस्ट फण्डले समता फाउन्डेसनसँगको सहकार्यमा सामाजिक न्यायका अगुवा सुभास दर्नालको जीवन र सम्झनामा आयोजना गर्दै आएको छ । दलित जीवनका माया, ज्ञान, विवेक र प्रतिरोधजस्ता बहुआयामिक पक्षलाई उजागर गर्ने र उत्सव मनाउने क्रममा यस पुरस्कारले नेपालको विशिष्ट प्रकारको जातको इतिहासलाई केन्द्रमा राख्दै बहसलाई अगाडि बढाउन कोसिस गरिरहेको छ । त्यस्तै, सबैको समान भविष्य र न्यायको निम्ति हातेमालो गर्न सहयोगी संयन्त्र निर्माण गरिरहेको छ ।

 

 

Advertisement Banner
Previous Post

दिक्षा शिल्पकार र भावना हुमागाईंलाई  गोविन्दवल्लभ पन्त ‘नेफ्सा’ अवार्ड

Next Post

पोयमाण्डू (poemandu) काव्य उत्सव निरन्तरताको घोषणा

Editorial Team

Editorial Team

Next Post
पोयमाण्डू (poemandu) काव्य उत्सव निरन्तरताको घोषणा

पोयमाण्डू (poemandu) काव्य उत्सव निरन्तरताको घोषणा

Recommended

सेनामा खुल्यो जागिर : भिडिओग्राफरदेखि पुजारीसम्म ३८८ कर्मचारी

सेनामा खुल्यो जागिर : भिडिओग्राफरदेखि पुजारीसम्म ३८८ कर्मचारी

9 months ago
Democratic Socialist Party-Nepal submitted an 11-point charter of demands to Prime Minister Sher Bahadur Deuba

Democratic Socialist Party-Nepal submitted an 11-point charter of demands to Prime Minister Sher Bahadur Deuba

4 years ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.