अवैध लागूऔषध सहित पक्राउ     

अवैध लागूऔषध सहित पक्राउ     

लहान नगरपालिका-२२ स्थित भित्री सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-११ पडरिया बस्ने २२ वर्षीय नन्दन चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले प्रदेश २-०१-००३ प ५५६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.