अवैध लागूऔषध सहित पक्राउ 

काठमाडौं, ३२ असार

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट करिब ५ केजी अवैध लागूऔषध गाँजाको धुलो सहित मकवानपुर थाहा नगरपालिका-८ बस्ने ४० वर्षीय दुतराज थिङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङ माधबबेसिबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ८५२३ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सियास्थित सडकबाट एनएल ०२ जि ३७९१ नम्बरको ट्रकबाट करिब २ सय ५० केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्रक चालक भारत मोतिहारी बागरा गाउँ बस्ने २५ वर्षीय साहेब आलम र ट्रकमा सवार सोही ठाउँ बस्ने २८ वर्षीय मन्तेजिर आलम रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सो ट्रक तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बाँके, डुडुवा गाउँपालिका-४ मोलहेपुरुवाबाट करिब ३ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २७ वर्षीय लक्षिराम खटिकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै नेपालगंज उपमहानगरपालिका-१९ बस्ने २१ वर्षीय पुजारी कोटी र सोही ठाउँ बस्ने २० वर्षीय कधैया साहुलाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

कैलाली, गोदावरी नगरपालिका-४ बाट करिब २ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित धनगढी उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय निर्मल भट्टलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सु.प.प्र.०१०११ प ४३४७ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक भट्टलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.