Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

डा. गोपाल पौड्यालको शोककाव्य’ ‘उमाकान्त’ विमोचन

Editorial Team by Editorial Team
July 16, 2022
in Book Releases, Literature
0
डा. गोपाल पौड्यालको  शोककाव्य’ ‘उमाकान्त’ विमोचन
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

असार ३२, काभ्रे। साहित्यकार डा. गोपाल पौड्याल मण्डनेद्धारा रचित ‘उमाकान्त शोककाव्य’को विमोचन एक कार्यक्रम बीच वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले गर्नुभएको छ।

​कवि डा. गोपाल पौडेल मण्डनेको उमाकान्त शोककाव्य उनले आफ्ना पिताको स्मरणमा लेखिएको शोककाव्य हो। नेपाली साहित्यमा शोककाव्य लेखनको थालनी कवि भीमनिधि तिवारीको समयदेखि भएको देखिन्छ। माधवप्रसाद घिमिरेको गौरी शोककाव्य पनि निकै प्रख्यात छ। कवि मण्डनेले आफ्ना दिवङ्गत पिताको बारेमा शोककाव्य रचेर पिताप्रति श्रद्धाभाव पोखेका छन्। हुनत नेपाली साहित्यमा पिताका बारेमा थोरै मात्र कविताहरू रचिएको यथाार्थता छ। तर कवि मण्डनेले सिङ्गो कृति नै पिताको स्मरणमा लेख्नुले ठूलो अर्थ राख्दछ। उमाकान्त शोककाव्य नेपाली शास्त्रीय छन्दमा लेखिएको छ। करिव दुई दर्जन कृतिका सर्जक डा. गोपाल पौडेल मण्डनेले कविता, मुक्तक, गीत, कथा, निबन्ध जस्ता नेपाली साहित्यका लोकप्रिय विधाहरूमा कलम चलाउँदै आएका छन्।

​पुस्तक विमोचन समारोहमा प्रमुख अतिथि डा. तुलसी भट्टराईले उमाकान्त शोककाव्य पिताप्रति समर्पित नेपाली साहित्यको उपलब्धि भएको विचार व्यक्त गर्नुभयो। सोही कार्यक्रममा विशेष अतिथिको रुपमा डा . शैलेन्दुप्रकाश नेपालले शोककाव्यको पठनपछि सबैले आफ्ना पितालाई दिलैदेखि सम्झन पुग्ने, पिताप्रतिको स्नेह र श्रद्धाभावको सागर उर्लेर आउने विचार पोख्नुभएको छ। त्यस्तै पुस्तकका बारेमा लोकप्रिय कवि सुदेश सत्यालले आफ्नो धारण व्यक्त गर्नुभएको थियो।

अक्षरमार्गद्धारा आयोजित सो कार्यक्रममा २०९ औं भानुजयन्तिको अवसर पारेर कविगोष्ठी समेत गरिएको थियो। कविगोष्ठीमा काभ्रेका र काठमाडौका गरी दुइ दर्जनभन्दा बढी कविहरूले समसामयिक विषयका आ-आफ्ना कविताहरू पाठ गरेका थिए।

साहित्यकार सूर्यप्रसाद लाकोजूको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उमाकान्त स्मृति प्रतिष्ठानका अध्यक्ष तथा कथाकार कश्यप पौडयालले शब्दबाट सबैलाई स्वागत गर्नुभएको थियो भने राम पौडयालले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभएको थियो। कार्यक्रममा नेपाली भाषा र साहित्यको सेवा गरे वापत कवि गोपालप्रसाद मण्डनेलाई सम्मान समेत गरिएको थियो।

Advertisement Banner
Previous Post

अवैध लागूऔषध सहित पक्राउ 

Next Post

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ 

Editorial Team

Editorial Team

Next Post
जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ 

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ 

Recommended

Gold price drops by Rs 3,800 per tola

Gold prices in Nepal jumped sharply last week, rising by Rs 9,400 per tola to reach Rs 277,200

9 months ago
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

2 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.