अवैध लागूऔषध गाँजा सहित पक्राउ    

सर्लाही, २६ मंसिर

लालबन्दी नगरपालिका-१ मुसहरी टोलबाट अवैध लागूऔषध गाँजा करिब १० किलो सहित हरिवन नगरपालिका-३ बस्ने २० वर्षीय नितेश श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बा.७९ प २२३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।

हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.