Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

रुसको किभमा भीषण आक्रमण, कम्तीमा १७ जनाको मृत्यु

Editorial Team by Editorial Team
August 6, 2026
in News, World
0
रुसको किभमा भीषण आक्रमण, कम्तीमा १७ जनाको मृत्यु
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

किभ — रुसले बुधबार मध्यरातपछि युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोनमार्फत व्यापक आक्रमण गर्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ४५ भन्दा बढी व्यक्ति घाइते भएका छन्। यस वर्ष किभ क्षेत्रमा भएको सबैभन्दा घातक आक्रमणमध्ये यो एक रहेको जनाइएको छ।

युक्रेनी आपत्कालीन सेवाका अनुसार किभ सहरमा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। राजधानी आसपासका क्षेत्रमा १६ जनाको ज्यान गएको र २९ जना घाइते भएको पुष्टि भएको छ। उद्धार टोलीले भग्नावशेष हटाउने र बेपत्ताको खोजी गर्ने काम जारी राखेको छ। केही भवनमा अझै मानिस फसेको हुन सक्ने आशंका गरिएको छ।

आक्रमणका क्रममा आवासीय भवन, रेल स्टेसन, गोदाम तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ। विस्फोटपछि विभिन्न स्थानमा आगलागी भएको थियो। युक्रेनी आपत्कालीन सेवाका अनुसार किभ क्षेत्रका पाँच स्थानमा लागेको आगो नियन्त्रणमा लिन लामो समय लागेको थियो र करिब दुई लाख ३० हजार वर्गमिटर क्षेत्र प्रभावित भएको छ।

राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पर्याप्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली उपलब्ध भएको भए धेरै नागरिकको ज्यान बचाउन सकिने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले युक्रेनले लामो समयदेखि साझेदार राष्ट्रहरूसँग अमेरिकी ‘प्याट्रियट’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली माग गर्दै आएको स्मरण गराउँदै प्रतिरक्षा प्रणाली उपलब्ध गराउन ढिलाइ हुँदा ठूलो मानवीय क्षति व्यहोर्नुपरेको बताएका छन्।

युक्रेनको वायुसेनाका अनुसार रुसले आक्रमणमा २४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, चार वटा जहाजविरोधी क्षेप्यास्त्र तथा ११५ वटा ड्रोन प्रयोग गरेको थियो। तीमध्ये ९८ वटा ड्रोनलाई युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले खसाल्न सफल भएको दाबी गरिएको छ। तर प्रहार गरिएका ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये कुनै पनि अवरुद्ध गर्न नसकिएको उल्लेख गरिएको छ।

सैन्य विश्लेषकहरूका अनुसार ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न अत्याधुनिक प्रतिरक्षा प्रणाली आवश्यक पर्ने भएकाले युक्रेन अहिले त्यस्तो क्षमताको अभावसँग जुधिरहेको छ। यही कारण रुसले पछिल्ला आक्रमणमा ब्यालिस्टिक क्षेप्यास्त्रको प्रयोग बढाएको बताइन्छ।

उता, रुसी रक्षा मन्त्रालयले भने आक्रमण सैन्य लक्ष्यलाई केन्द्रित गरेर गरिएको दाबी गरेको छ। मन्त्रालयका अनुसार किभ र आसपासका क्षेत्रमा रहेका हतियार भण्डारण केन्द्र, सैन्य सामग्री आपूर्ति केन्द्र तथा ड्रोन उत्पादन र वितरणसँग सम्बन्धित संरचनामाथि आक्रमण गरिएको हो।

रुसले कृष्ण सागरस्थित ओडेसा बन्दरगाह नजिक रहेका तीन वटा मालवाहक जहाजलाई पनि निशाना बनाएको दाबी गरेको छ। ती जहाजले हतियार तथा सैन्य उपकरण ढुवानी गरिरहेको रुसी पक्षको भनाइ छ। युक्रेनले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन। किभका मेयर भिताली क्लिच्कोले उद्धार तथा राहत कार्य जारी रहेको जानकारी दिँदै नागरिकलाई सतर्क रहन र हवाई आक्रमणसम्बन्धी चेतावनीको पालना गर्न आग्रह गरेका छन्।

Advertisement Banner
Previous Post

१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, छोरा यमनसँग विशेष सांगीतिक प्रस्तुति

Next Post

टिकटक लाइभकै क्रममा मेक्सिकन इन्फ्लुएन्सरको गोली हानी हत्या

Editorial Team

Editorial Team

Next Post
टिकटक लाइभकै क्रममा मेक्सिकन इन्फ्लुएन्सरको गोली हानी हत्या

टिकटक लाइभकै क्रममा मेक्सिकन इन्फ्लुएन्सरको गोली हानी हत्या

Recommended

Voter card not must for casting ballot: Election Commission

Nepali Congress takes early lead in the vote count

4 years ago
Parag Tyagi Says He Suspects ‘Black Magic’ Before Shefali Jariwala’s Death, Shares Emotional Account

Parag Tyagi Says He Suspects ‘Black Magic’ Before Shefali Jariwala’s Death, Shares Emotional Account

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.