Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

यस वर्षको मदन भण्डारी पुरस्कार राई र प्रेरणा विद्यालयलाई

Editorial Team by Editorial Team
June 30, 2022
in Awards, Literature, Nepal
0
यस वर्षको मदन भण्डारी पुरस्कार राई र प्रेरणा विद्यालयलाई
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,  मदन भण्डारी फाउन्डेशनले जननेता मदन भण्डारीको जन्मोत्सवको अवसरमा हरेक वर्ष दिँदैआएको पुरस्कार यस वर्ष राष्ट्रिय पुरस्कारबाट दुई जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । समाजमा सिर्जनात्मक काम गरी अरुलाई उत्प्रेरित गर्ने व्यक्ति र संस्थालाई फाउन्डेशनले सो पुरस्कार प्रदान गर्दैआएको छ ।

फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७८ बाट धरानका कृष्ण राईलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । फाउण्डेशनका सचिवालय सदस्य घनश्याम कोइरालाका अनुसार सुनसरी धरानका राईले सोताङ्ग अर्गानिक फार्म प्रा.लि.सञ्चालन गर्दैआउनुभएको छ । २०५४ सालदेखि अर्गानिक खेतीमार्फत उत्पादन, प्रशोधन र बजारीकरणमा योगदान गरी कृषिमा नवीन प्रयोग गरेबापत राईलाई यसवर्ष पुरस्कृत गर्न लागिएको उहाँले बताउनुभयो ।

त्यस्तै, मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारबाट प्रेरणा महिला माध्यमिक विद्यालय ललितपुरलाई पुरस्कृत गर्ने निर्णय फाउण्डेशनले गरेको छ । फाउन्डेशनका सचिवालय सदस्य सुशील प्याकुरेलका अनुसार सो विद्यालयले समाजमा रहेका विकृति, विसङ्गति, अन्यायविरुद्धको सङ्घर्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको मूल्याङ्कन गरी सो पुरस्कार दिने निर्णय गरिएको हो ।

दुवै पुरस्कारको राशी नगद एक लाख रुपियाँ र सम्मानपत्र रहेको फाउण्डेशनले जनाएको छ । शिक्षाको पहुँचबाट टाढा रहेका किशोरी महिलालाई विद्यालयमा शिक्षा दिई समाज रुपान्तरणमा सो विद्यालयले राम्रो योगदान दिएको फाउण्डेशनले जनाएको छ ।

यसअघि सो पुरस्कारबाट डा. भगवान कोइराला, महावीर पुन, धुर्मुस सुन्तली फाउण्डेश्न, प्रा.डा. सुबोध शर्मा, स्टाफ नर्स सुनीता सहकारी र एम्बुलेन्स चालक बोमबहादुर गुरुङले पुरस्कृत भइसक्नुभएको फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिनुभयो ।

सोहीअनुसार प्राध्यापक तथा फाउण्डेशनका सचिवालय सदस्य डा. कुन्दन अर्यालले बामपन्थी लोकतान्त्रिक क्रान्तिमार्फत समाज रुपान्तरणमा मदन भण्डारीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । समाजका सकारात्मक पक्ष र सत्कर्मलाई उजागर गर्ने र त्यसमार्फत समाजलाई उत्प्रेरित गर्ने मूल ध्येय जननेता भण्डारीको रहेको उहाँले बताउनुभयो । फाउण्डेशनले सोहीअनुसार अहिले काम गरिरहेको डा. अर्यालले बताउनुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनका मौलिक सिद्धान्तकार तथा सिर्जनशील वैचारिक नेता मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) को कार्यान्वयन नै समाज रुपान्तरणको प्रमुख आधार मान्दै नेकपा (एमाले) ले आफ्नो मूल सिद्धान्तको रुपमा अङ्गिकार गर्दैआएको छ । विश्वभर धर्मराएको वामपन्थी समाजवादी आन्दोलनलाई जबजकै कारण नेपालमा फष्टाएको दावी फाउण्डेशनले गर्दैआएको छ ।

जननेता मदन भण्डारीको जन्मजयन्ती असार १४ गतेको अवसरमा फाउण्डेशनले कार्यक्रम गर्दैआएको छ । वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मनुभएका जननेता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा निधन भएको थियो । उहाँको हत्या भएको दावी एमालेले गर्दैआएको भए पनि अनुसन्धान हुनसकेको छैन । फाउण्डेशनले भण्डारीको ७१ औं जन्मयन्तीको अवसरमा आगामी मङ्गलबार काठमाडौंमा कार्यक्रम गरी पुरस्कार वितरण गर्ने जनाएको छ । यसअवसरमा फाउण्डेशनले साताव्यापी कार्यक्रम गरिरहेको छ ।

Advertisement Banner
Previous Post

राष्ट्रपति रनिङ सिल्ड : काठमाडौं महानगरपालिका च्याम्पियन

Next Post

बीआरआईलाई टक्कर दिन:जी–७ ले पूर्वाधारमा छ खर्ब डलर लगानी गर्ने

Editorial Team

Editorial Team

Next Post
बीआरआईलाई टक्कर दिन:जी–७ ले पूर्वाधारमा छ खर्ब डलर लगानी गर्ने

बीआरआईलाई टक्कर दिन:जी–७ ले पूर्वाधारमा छ खर्ब डलर लगानी गर्ने

Recommended

USAID to monitor #AirQuality with low-cost sensors in 30 locations across Kathmandu

USAID to monitor #AirQuality with low-cost sensors in 30 locations across Kathmandu

4 years ago
Lama Willa Baker challenges MIT audience to look beyond technology to solve the climate crises

Lama Willa Baker challenges MIT audience to look beyond technology to solve the climate crises

4 years ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees; Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

January 7, 2026
Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.