Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

यस वर्षको मदन भण्डारी पुरस्कार राई र प्रेरणा विद्यालयलाई

Editorial Team by Editorial Team
June 30, 2022
in Awards, Literature, Nepal
0
यस वर्षको मदन भण्डारी पुरस्कार राई र प्रेरणा विद्यालयलाई
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,  मदन भण्डारी फाउन्डेशनले जननेता मदन भण्डारीको जन्मोत्सवको अवसरमा हरेक वर्ष दिँदैआएको पुरस्कार यस वर्ष राष्ट्रिय पुरस्कारबाट दुई जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । समाजमा सिर्जनात्मक काम गरी अरुलाई उत्प्रेरित गर्ने व्यक्ति र संस्थालाई फाउन्डेशनले सो पुरस्कार प्रदान गर्दैआएको छ ।

फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७८ बाट धरानका कृष्ण राईलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । फाउण्डेशनका सचिवालय सदस्य घनश्याम कोइरालाका अनुसार सुनसरी धरानका राईले सोताङ्ग अर्गानिक फार्म प्रा.लि.सञ्चालन गर्दैआउनुभएको छ । २०५४ सालदेखि अर्गानिक खेतीमार्फत उत्पादन, प्रशोधन र बजारीकरणमा योगदान गरी कृषिमा नवीन प्रयोग गरेबापत राईलाई यसवर्ष पुरस्कृत गर्न लागिएको उहाँले बताउनुभयो ।

त्यस्तै, मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारबाट प्रेरणा महिला माध्यमिक विद्यालय ललितपुरलाई पुरस्कृत गर्ने निर्णय फाउण्डेशनले गरेको छ । फाउन्डेशनका सचिवालय सदस्य सुशील प्याकुरेलका अनुसार सो विद्यालयले समाजमा रहेका विकृति, विसङ्गति, अन्यायविरुद्धको सङ्घर्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको मूल्याङ्कन गरी सो पुरस्कार दिने निर्णय गरिएको हो ।

दुवै पुरस्कारको राशी नगद एक लाख रुपियाँ र सम्मानपत्र रहेको फाउण्डेशनले जनाएको छ । शिक्षाको पहुँचबाट टाढा रहेका किशोरी महिलालाई विद्यालयमा शिक्षा दिई समाज रुपान्तरणमा सो विद्यालयले राम्रो योगदान दिएको फाउण्डेशनले जनाएको छ ।

यसअघि सो पुरस्कारबाट डा. भगवान कोइराला, महावीर पुन, धुर्मुस सुन्तली फाउण्डेश्न, प्रा.डा. सुबोध शर्मा, स्टाफ नर्स सुनीता सहकारी र एम्बुलेन्स चालक बोमबहादुर गुरुङले पुरस्कृत भइसक्नुभएको फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिनुभयो ।

सोहीअनुसार प्राध्यापक तथा फाउण्डेशनका सचिवालय सदस्य डा. कुन्दन अर्यालले बामपन्थी लोकतान्त्रिक क्रान्तिमार्फत समाज रुपान्तरणमा मदन भण्डारीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । समाजका सकारात्मक पक्ष र सत्कर्मलाई उजागर गर्ने र त्यसमार्फत समाजलाई उत्प्रेरित गर्ने मूल ध्येय जननेता भण्डारीको रहेको उहाँले बताउनुभयो । फाउण्डेशनले सोहीअनुसार अहिले काम गरिरहेको डा. अर्यालले बताउनुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनका मौलिक सिद्धान्तकार तथा सिर्जनशील वैचारिक नेता मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) को कार्यान्वयन नै समाज रुपान्तरणको प्रमुख आधार मान्दै नेकपा (एमाले) ले आफ्नो मूल सिद्धान्तको रुपमा अङ्गिकार गर्दैआएको छ । विश्वभर धर्मराएको वामपन्थी समाजवादी आन्दोलनलाई जबजकै कारण नेपालमा फष्टाएको दावी फाउण्डेशनले गर्दैआएको छ ।

जननेता मदन भण्डारीको जन्मजयन्ती असार १४ गतेको अवसरमा फाउण्डेशनले कार्यक्रम गर्दैआएको छ । वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मनुभएका जननेता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा निधन भएको थियो । उहाँको हत्या भएको दावी एमालेले गर्दैआएको भए पनि अनुसन्धान हुनसकेको छैन । फाउण्डेशनले भण्डारीको ७१ औं जन्मयन्तीको अवसरमा आगामी मङ्गलबार काठमाडौंमा कार्यक्रम गरी पुरस्कार वितरण गर्ने जनाएको छ । यसअवसरमा फाउण्डेशनले साताव्यापी कार्यक्रम गरिरहेको छ ।

Advertisement Banner
Previous Post

राष्ट्रपति रनिङ सिल्ड : काठमाडौं महानगरपालिका च्याम्पियन

Next Post

बीआरआईलाई टक्कर दिन:जी–७ ले पूर्वाधारमा छ खर्ब डलर लगानी गर्ने

Editorial Team

Editorial Team

Next Post
बीआरआईलाई टक्कर दिन:जी–७ ले पूर्वाधारमा छ खर्ब डलर लगानी गर्ने

बीआरआईलाई टक्कर दिन:जी–७ ले पूर्वाधारमा छ खर्ब डलर लगानी गर्ने

Recommended

Tennis: Elena Rybakina Clinches First Australian Open Crown

Tennis: Elena Rybakina Clinches First Australian Open Crown

2 months ago
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

4 months ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.