विमल वैद्य र भरतकुमार गुरुङलाई पुरस्कार घोषणा

काठमाडौं । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले दुई पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले ‘योगेश्वर वाङ्मय पुरस्कार, २०८०’ इलामेली कवि विमल वैद्यलाई र ‘ग्रेगरी कलासंस्कृति पुरस्कार, २०८०’ ताप्लेजुङका सर्जक भरतकुमार गुरुङलाई प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त पुरस्कारका साथ नगद राशि क्रमशः २५ हजार र २० हजार रुपैयाँ समेत प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

दुवै पुरस्कार यही फागुन २६ गते ताप्लेजुङमा विशेष सिर्जना उत्सव कार्यक्रमका क्रममा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष साहित्यकार मोमिलाले जानकारी दिइन् ।

योगेश्वर वाङ्मय पुरस्कार यसअघि डा. कृष्णराज डीसी., अमर गिरी, कृष्णभूषण बल, उषा शेरचन, वनमाली निराकार, मुकुन्द प्रयास, दिलिप शाह, कृष्णराज ओलिया, पद्मराज जोशी, पुरीचन्द्र देवकोटा, डा. मधुसूदन गिरी, डीबी टुहुरो र पुष्कराज रेग्मीलाई प्रदान गरिएको थियो । ग्रेगरी कलासंस्कृति पुरस्कार शेरबहादुर अधिकारी, पूर्ण समीर महतारा, खडानन्द चौलागाईं, मनोहर लामिछाने, नवीन विभास र राजेन्द्रगोपाल सिंहलाई प्रदान गरिएको थियो ।

Comments are closed.