साहित्यिक पत्रकारिताबारे छलफल तथा सम्मान २०८० चैत २९, काठमाडौं । साहित्यिक पत्रकार संघले आज डालो रेस्टुरेन्ट, अनामनगरमा साहित्यिक पत्रकारिताबारे छलफल कार्यक्रमको आयोजना गर्यो । साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे रहनु भएको थियो । सो कार्यक्रममा साहित्यिक पत्रकारिताको अवस्था, समस्या र चुनौतीबारे समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका अध्यक्ष एवं गोरखापत्र र मधुपर्कका पूर्व प्रधान सम्पादक श्रीओम श्रेष्ठ “रोदन” र शारदा मासिकका सम्पादक विमल भौकाजीले आअफ्नो धारणा राख्नु भएको थियो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई सोही कार्यक्रममा सम्मान पनि गरिएको थियो । कार्यक्रममा स्वागत एवं कार्यक्रमको उदेश्यबारे बोल्दै अध्यक्ष लेकालीले साहित्यिक पत्रकारिताको बारे चर्चा गर्दै प्रेस काउन्सिलले साहित्यिक पत्रकारिताको लागि नियमन गर्ने अलग निकाय बनाउनुपर्ने, बजेट पनि अलग हुनुपर्ने, मूल्यांकन सरल हुनुपर्ने भन्दै साहित्यिक पत्रकार महासंघ निर्माण गरिनुपर्ने बताउनु भएको थियो । कार्यक्रममामा प्रमुख अतिथि रोचक घिमिरेले साहित्यिक पत्रकारिताको इतिहासबारे चर्चा गर्दै कार्यक्रम आयोजना गरेकोमा संघलाई धन्यवाद दिनु भएको थियो भने हिमाल आरोही तेम्बा छिरी शेर्पाले सम्मानित बस्नेतको हिमाल यात्राबारे चर्चा गर्नु भएको थियो । यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मानित बस्नेतलाई बधाई ज्ञापन गर्नु भएको थियो । साहित्यकार श्रीबाबु कार्कीले संचालन गर्नु भएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई सम्मान पनि गरिएको थियो । सो कार्यक्रममा सम्मानित व्यक्तित्व बालकृष्ण बस्नेतको परिचय पत्रकार एवं कवि तथा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर बेलवासेले गर्नु भएको थियो । सापसका पूर्व अध्यक्ष कलाकार एवं कवि नरेन्द्रबहादुर श्रेष्ठले धन्यवाद दिनु भएको सो कार्यक्रममा विशिष्ट अतिथिहरु वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार एवं समाजसेवी शोभित उप्रेती, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटीका अध्यक्ष पदम विश्वकर्मासहित साहित्यिक पत्रकार साहित्यकारहरु जयदेव भट्टराई, राजेश खनाल, सिद्दराज राई, अच्युत घिमिरे, सरस्वती गौतम, रुद्र अधिकारी, श्याम प्रधान, रमेश दाहाल, युवराज शर्मा, सुधिर धिमिरे, प्रवीण प्रधान, मोहन बाँस्तोला, प्रेम राना, प्रकाश ओली, ज्ञानेन्द्र कार्की, अमित ठाकुर, दामोदर न्यौपाने, जगत पोखरेललगायतको उपस्थिति रहेको थियो ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.