‘छन्दसाधना पुरस्कार’ घोषणा

नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा.देवी नेपालबाट सञ्चालित ‘छन्द–तरङ्ग’ले एक विज्ञप्तिमार्फत यस वर्षको ‘छन्दसाधना पुरस्कार’ घोषणा गरेको छ । २०७६ बाट हरेक वर्ष छन्दकविताका एक जना विशिष्ट साधकलाई प्रदान गरिँदै आएको उक्त पुरस्कारमा यस वर्षदेखि ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ पनि थप गरी दुई पुस्ताका छन्दसाधकहरूलाई जोड्ने काम गरेको छ । यसै सन्दर्भमा ‘विशिष्ट छन्दसाधना पुरस्कार–२०७९’ वरिष्ठ कवि रामचन्द्र भट्टराई (रुपन्देही) र


‘छन्दसाधना युवा प्रतिभा पुरस्कार–२०७९’ प्रखर युवाकवि सुदेश सत्याललाई प्रदान गरिने भएको छ । नगद रु। २५,०००र— र प्रमाणपत्र रहेको ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट यसअघि नै विशिष्ट छन्दसाधकहरू रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने र प्रा। घनश्याम कँडेल पुरस्कृत भइसक्नुभएको छ भने नगद रु. १५,०००र— र प्रमाणपत्र रहेको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’को थालनी यसै वर्षबाट गरिएको हो ।
नेपाली कविताको इतिहासमा शास्त्रीय छन्दलाई समाजसँग जोड्ने, वैचारिक चेतना र जागरणको संवाहकका रूपमा उभ्याउने, सामाजिक जागरण र सांस्कृतिक रूपान्तरणका लागि सिर्जनात्मक अस्त्रका रूपमा प्रस्तुत गर्ने, सूक्तिपूर्ण स्वरूप प्रदान गर्ने, सशक्त वाचनकलामा उतार्ने र समाजबोध एवम् जीवनबोधको उच्च गरिमा प्रदान गर्ने कार्यमा विगत छ दशकभन्दा लामो समयदेखि नेपाली छन्दकविताको उन्नयनमा अतुलनीय योगदान दिएबापत वरिष्ठ कवि रामचन्द्र भट्टराईलाई उक्त पुरस्कार प्रदान गरिएको हो । वि।सं। १९९८ असोज ५ गते पाल्पामा जन्मिएर २०१९ सालमा ‘भाँचिएको तामा’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएका भट्टराईका ‘बोई’ ९२०३२० एउटा खण्डकाव्य, ‘हलो’ ९२०३७०, ‘हृदयका फूलहरू’ ९२०४६०, ‘झिँगेमाछो’ ९२०४७०, ‘आगोका फूलहरू’ ९२०६१०, ‘सेतो हात्ती’ ९२०६३० जस्ता पाँचओटा कवितासङ्ग्रह, ‘सुखानीको रगत’ ९२०४९० एउटा गीतसङ्ग्रह र ‘ज्वाला’ ९२०६४० एउटा उपन्यास गरी आठओटा साहित्यिक कृतिहरू प्रकाशित छन् । भट्टराईका छन्दकविताहरू वैचारिक दृष्टिले उच्चकोटिका मानिन्छन् भने अनुष्टुप् छन्दको वाचनकलामा उहाँले आफ्नै शैली वा मौलिकताको निर्माण गर्नुभएको छ ।


यसरी नै वि.सं. २०५१ वैशाख २० गते देवघाट, तनहुँमा जन्मिएर विगत डेढ दशकदेखि छन्दकविताको साधनामा समर्पित सुदेश सत्यालको ‘अन्तरिक्षको धर्ती’ ९२०७३० कवितासङ्ग्रहलगायत पचासौँ फुटकर कविताहरू प्रकाशित छन् । सशक्त सिर्जना क्षमता, अनुपम वाचन कला, समकालीन विषयको अपेक्षित उद्घाटन, प्रविधिका माध्यमबाट छन्दकविताको विश्वव्यापीकरण र नयाँ पुस्तालाई छन्दकविताप्रति आकर्षण प्रदान गर्ने कार्यमा विशिष्ट योगदान दिएबापत युवाकवि सत्याललाई उक्त पुरस्कार प्रदान गरिएको हो । कवि सत्यालले युट्युबमार्फत लाखौँलाख श्रोतालाई समसामयिक चेतनाका छन्दकविताका माध्यमबाट जागृत गराउने काम गर्दै आउनुभएको छ ।
उक्त दुवै पुरस्कार निकट भविष्यमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने कुरा छन्द–तरङ्गबाट प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ । विगत चार वर्षअगाडि २०७५ भदौ २२ गतेबाट काठमाडौँको वानेश्वर थापागाउँमा रहेको लेखनकुञ्जमा हरेक महिनाको तेस्रो शुक्रवार फरक फरक पुस्ताका तीन जना कविका पाँच पाँचओटा कविता प्रस्तुत गर्ने गरी सञ्चालन हुँदै आएको नेपाली कविताको इतिहासमा नै ऐतिहासिक महत्त्व राख्ने सशुल्क छन्दकविता श्रवणको मासिक कार्यक्रम १९ औँ शृङ्खलासम्म अनवरत रूपमा सञ्चालन भएर विश्वव्यापी महामारीका रूपमा फैलिएको कोराना भाइरस ९कोभिड–१९० का कारण २०७६ चैत्र महिनादेखि स्थगित भए पनि पुरस्कारलाई भने निरन्तरता दिएको कुराको जानकारी छन्द–तरङ्गका संयोजक द्वयमध्येका एक प्राज्ञ डा। देवी नेपालले दिनुभएको छ ।

Comments are closed.