डा. रजनी र शान्तिलाई पुरस्कार र सम्मान

काठमाडौं । भेषजबिन्दु साहित्यिक पुरस्कार तथा साहित्य सम्मान प्रदान गरिएको छ । स्याङ्जामा आयोजित एक कार्यक्रममा ‘भेषजबिन्दु साहित्यिक पुरस्कार’ समालोचक डा. रजनी ढकाललाई र ‘साहित्य सम्मान’ स्रष्टा शान्ति सापकोटालाई प्रदान गरिएको हो । पुरस्कार र सम्मानका साथ जनही नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
भेषजराज साहित्य प्रतिष्ठान र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा रचनावाचनको ७०औँ शृंखला पनि सम्पन्न गरियो ।
सो अवसरमा केपी अर्याल र दुर्गा थापामगरका पुस्तकहरू लोकार्पण समेत गरिएको थियो ।

Comments are closed.