प्रकाश आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’

साहित्यकार, कवि तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । ५० हजार १ रुपैयाँ राशिको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

साहित्य परिषद् भुटानले आङ्देम्बेलाई पुरस्कार प्रदान गर्ने निर्णय सहितको विज्ञप्तिमा उनका योगदानलाई पनि उल्लेख गरिएको छ । परिषद्ले भदौ २३ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मान तथा कृति समीक्षा कार्यक्रममा पुरस्कार प्रदान गर्ने विज्ञप्तिमै जानकारी दिएको छ । आङ्देम्बेले पुरस्कार दिने निर्णयप्रति आफ्नो फेसबुक मार्फत ‘पुरस्कार’ नभई ‘प्रेम’ सम्झेर ग्रहण गर्ने जनाएका छन् ।

Comments are closed.