गुल्मी, गुल्मीका साहित्यकार रुद्र ज्ञवालीलाई जानकी साहित्यिक पुरस्कार अर्पण गरिएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार मोती जयन्तीको अवसर पारेर किरण पुस्तकालय तम्घासले यस वर्ष साहित्यकार ज्ञवालीलाई प्रदान गरिएको हो ।
कवि ज्ञवालीलाई रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीद्वारा नगद र सम्मान पत्रसहित उक्त पुरस्कार प्रदान गरिएको हो । निरन्तर साहित्यिक क्षेत्रमा कलम चलाउने स्रष्टालाई पुरस्कृत गर्ने परम्परा अनुसार ज्ञवालीलाई उक्त पुरस्कार प्रदान गरिएको किरण पुस्तकालय तम्घासले जनाएको छ ।
वि.सं.२०३३ सालमा रुरु क्षेत्र गाउँपालिका –४ बलेटक्सारमा जन्मनुभएकी जानकी ज्ञवाली साहित्य र मानवअधिकारको क्षेत्रमा काम गर्दागर्दै ३९ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।
ज्ञवालीको निधनपछि उहाँका श्रीमान् शङ्करप्रसाद गौतमको अग्रसरतामा जानकीको स्मृतिमा किरण पुस्तकालय तम्घासमा १ लाख ५१ हजार १ सय ५१ रुपियाँको अक्षयकोष स्थापना गरिएको हो ।
उक्त अक्षयकोषको ब्याजबाट हरेक वर्ष ज्ञवालीको जन्मदिनको अवसर पारेर पुरस्कार घोषणा गर्ने र मोतीराम भट्टको जन्म जयन्तीको अवसर पारेर किरण पुस्तकालयमार्फत पुरस्कार प्रदान गरिन्छ ।
साहित्यकार ज्ञवाली सरकारी सेवाबाट निवृत्त हुनुभएको हो । उहाँको जन्म गुल्मी जिल्लाको ग्वादी कौलोदीमा भएको हो । सानैदेखि साहित्य साधनामा सक्रिय रहँदै आउनुभएका ज्ञवालीले आफ्नो जीवनको उर्वर समय साहित्यिक साधना र राष्ट्र सेवामा व्यतीत गर्नुभयो ।
ज्ञवालीका निर्वासन (कथासङ्ग्रह), सपना फुल्ने रातहरु (गजल सङ्ग्रह), विवरूका कथाहरू, उन्मुक्त आकाश (मुक्तक सङ्ग्रह), असल साथी (बालकथा सङ्ग्रह), पात्रहरू (कथा सङ्ग्रह) र रुझेर अग्निवर्षामा (मुक्तक सङ्ग्रह) कृति प्रकाशनमा आएका छन् ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.