धच गोतामे स्मृति सम्मान‘अन्तत:यन्त्रणा’ लाई

काठमाडौँ — झन्डै आधा शताब्दी लामो साहित्यिक क्रियाशीलता र आख्यानकारिताका लागि कथाकार परशु प्रधानलाई यस वर्षको दीप–गोविन्द स्मृति सम्मान प्रदान गरिएको छ ।

आख्यानकार ध्रुवचन्द्र गौतमले आफ्ना बुवाआमा र दाजुभाइको स्मृतिमा स्थापना गरेको सम्मान तथा पुरस्कार प्रदान गर्न शनिबार आयोजित समारोहमा ८० वर्षीय लेखक प्रधानलाई सम्मानित गरिएको हो । यो सम्मानमा २० हजार रुपैयाँ तथा अभिनन्दन पत्र रहेको छ । दीप–गोविन्द स्मृति कोषले नवोदित उपन्यासकार सुमन वर्षाको ‘अन्तत:यन्त्रणा’ उपन्यासलाई १५ हजार रुपैयाँ राशिसहित धच गोतामे स्मृति सम्मान प्रदान गरेको छ ।

यस्तै, १५ हजार रुपैयाँ राशिसहितको गोपाल गोतामे स्मृति सम्मान हिमाल खबर अनलाइनका सम्पादक सन्त गाहा मगरलाई प्रदान गरिएको छ । कोषले धच गोतामे/गोपाल गोतामे शिक्षा पुरस्कार जेहेन्दार विद्यार्थी श्रीया श्रेष्ठलाई प्रदान गरेको छ, यो पुरस्कारमा १० हजार रुपैयाँको राशि रहेको छ ।

आयोजित समारोहमा कोषका संस्थापक ध्रुवचन्द्र गौतम, लेखक बलदेव मजगैंया, शैलेन्द्र साकार, नगेन्द्रराज शर्मा, ध्रुव सापकोटा, भागिरथी श्रेष्ठ, रोशन थापा ‘निरव’, प्रद्युम्न जोशी, श्याम प्रधान,सन्ध्या पहाडी, रञ्जना निरौला, डा. शान्तिमाया गिरी, मनोज न्यौपानेसहितको उपस्थिति थियो ।

Comments are closed.