Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

बानिरा फाउण्डेसनको उद्घाटन्

himalaya Diary News Service by himalaya Diary News Service
May 4, 2022
in Feature, Literary Festival & Event, Nepal, News
0
बानिरा फाउण्डेसनको उद्घाटन्
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

 

२० वैशाख,  काठमाडौँ- नेपाली साहित्यकी विश्व नारी रत्न साहित्यकार डा. वानीरा गिरीको नाउँमा स्थापना गरिएको वानीरा फाउन्डेसनको भवनको मंगलबार औपचारिक उद्घाटन गरिएको छ।

मंगलबार महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले राजधानी काठमाडौँमा एक समारोहका माझ वानीरा फाउन्डेसन भवनको उद्घाटन गरेका हुन्।

सोही अवसरमा समालोचक प्रा.डा. त्रिपाठीले साहित्यकार डा. वानीरा गिरीको पूर्ण कदको प्रतिमा र वानीरा सङ्ग्रहालयको पनि उद्घाटन गरेका हुन्।

नयाँ बानेश्वर मीनभवनस्थित वानीरा फाउन्डेसनको आफ्नै नवनिर्मित भवनमा भएको कार्यक्रममा साहित्यकार कालीप्रसाद रिजाललाई एक लाख रुपैयाँ राशिसहित वानीरा प्रज्ञा पुरस्कार, मुक्तक साम्राज्ञी उषा शेरचनलाई पचास हजार रुपैयाँ राशिसहित वानीरा पुरस्कार र मूर्तिकार महेश तुलाधरलाई २५  हजार रुपैयाँ राशिसहित वानीरा कला पुरस्कारले सम्मान गरिएको थियो।


वानीरा फाउन्डेसनकी अध्यक्षसमेत रहेकी साहित्यकार इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा समालोचक प्रा.डा.वासुदेव त्रिपाठी, कालीप्रसाद रिजाल, उषा शेरचन, वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरी र सदस्यसचिव नरेन्द्रराज प्रसाईलगायत उपस्थित थिए।

 

साहित्यकार डा. वानीरा गिरीको जन्म २००१ साल वैशाख १३ गते अक्षय तृतीयाका दिन दार्जिलिङको खरसाङमा भएको थियो। उनले स्थानीय सेन्ट जोसेफ स्कुलबाट एसएलसी पास गरिन्। आईएस्सी पढेकी वानीराले २०२२ सालमा उत्तर बङ्ग विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेकी हुन्।

त्रिभुवन विश्वविद्यालयको स्थायी उपप्राध्यापक भएपछि उनले सोही विश्वविद्यालयबाट एमएड पनि उतीर्ण गरिन् । त्यसपछि उनले पीएचडी गरिन् र नेपाली साहित्यमा पीएचडी गर्ने उनी प्रथम नारी भइन्।

दार्जिलिङबाट काठमाडौँ आएकै वर्ष नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा वानीरा द्वितीय भएकी थिइन् । उनी विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखादक्षिणबाहू, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री स्वर्ण पदक, सैनध्वज नन्दकुमारी पुरस्कार, नेपाल राजकीय प्रज्ञा पदक, विश्वनारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भानुभक्त पुरस्कार, महाकवि देवकोटा पुरस्कार, नेपाली कलासाहित्य डटकम पुरस्कार आदिबाट सम्मानित भएकी थिइन् ।

नइको संयोजन र त्रिमूर्ति निकेतनको आयोजनामा डा.वानीरा गिरीलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइएको थियो । सोही अवसरमा प्रधानमन्त्री कोइरालाबाट डा.गिरी पाँच लाख रुपियाँ राशि सहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधिद्वारा सम्मानित भएकी थिइन् । सो समारोहमा प्रधानमन्त्री कोइरालाले डा.गिरीलाई उनकै उचाई बराबरको ताम्रपत्रसमेत समर्पण गरेका थिए ।

Advertisement Banner
Previous Post

‘छापामार युवतीको डायरी’‘गुरिल्ला गर्ल’मा अनुवाद

Next Post

नेपाल चिनाउने ५६ डकुमेन्ट्री 

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
नेपाल चिनाउने ५६ डकुमेन्ट्री 

नेपाल चिनाउने ५६ डकुमेन्ट्री 

Recommended

महोत्तरीमा चुनावी ‘कडाइ’ : सीमा सिलदेखि मदिरा पूर्ण निषेधसम्म

महोत्तरीमा चुनावी ‘कडाइ’ : सीमा सिलदेखि मदिरा पूर्ण निषेधसम्म

7 months ago
शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’र म्युजिक भिडियो लोकार्पण

शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’र म्युजिक भिडियो लोकार्पण

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.