Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

नेपाल चिनाउने ५६ डकुमेन्ट्री 

himalaya Diary News Service by himalaya Diary News Service
May 4, 2022
in Entertainment, Feature, Nepal
0
नेपाल चिनाउने ५६ डकुमेन्ट्री 
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — पूर्खाले रोपेको फल खाने कि आफैंले नयाँ रुख रोप्ने ? अपट्रेन्डली मिडिया टिमअघि दुइटा बाटा थिए । टिमलाई सँधै लाग्थ्यो, नेपालका लागि केही गर्नुपर्छ । के गर्ने त ? पर्यटन क्षेत्रलाई आकर्षित गर्ने । त्यही सोचले ४ वर्षअघि मोन्याक कार्कीको टिमले ‘नेपाल टुरिजम’ सुरु गर्‍यो ।

नेपालका विभिन्न ठाउँ घुम्ने ट्राभल कार्यक्रम । नयाँ कार्यक्रम गर्न चुनौति हुने नै भयो । जहाँ चुनौति छ त्यही मज्जा । त्यही मज्जाको स्वाद लिन ४ वर्षअघि ‘नेपाल टुरिजम’ सुरु भयो । छायाँमा परेका नेपालका विभिन्न क्षेत्रलाई बाहिर ल्याउने जमर्कोसहित मनाङ ट्राभलको योजना बन्यो ।

 

मनाङ कसरी जाने त ? अफरोड यात्रामा । ट्रेकिङका आफ्नै यात्रा र मज्जा होलान् । तर अफरोड साधान प्रयोग गरेर मनाङ जानुको मज्जा बटुले । त्यसले अफरोड कल्चरको विकास हुने भयो। छिमेकी राष्ट्र भारतमै अफरोड कल्चरमा निकै पैसा खर्चिन्छ । नेपालमा पनि अफरोड कल्चर सुरु गरे पर्यटक आकर्षित हुन्छ भन्ने भिजनसहित मनाङको कार्यक्रम गरियो । सगरमाथा चढ्न पर्यटकले हजारौं डलर खर्च गर्छन् । नेपालको अफरोड यात्राले पनि पर्यटकबाट हजारौं राजश्व भित्र्याउन सक्छ भन्ने थियो । मनाङपछि लोमान्थाङ, रारा अनि सन्दकपुर ट्राभल सकियो ।

‘अफरोडमा नेपालको पनि क्षमता छ । त्यही हिसाबले हामीले नेपाल टुरिजम सुरु गर्‍यौं । हामीले सन्दकपुरलाई किन रोज्यौं भने भारत र नेपालको बीचमा छ सन्दकपुर । भारतले त्यसलाई सन्दकफु भनेर पर्यटक आकर्षित गर्दैछन् । जब कि त्यो ठाउँ हाम्रै क्षेत्रमा छ । तर, त्यता चर्चामा छ ।त्यसैले हामीले पनि त्यो ठाउँलाई पर्यटक आकर्षणका लागि किन बाहिर नल्याउने त भनेर त्यहाँ पनि हामी पुग्यौं,’ अप्ट्रेन्डली मिडियाका कार्यकारी अधिकृत कार्कीले भने ।

कोभिडको २ वर्ष उनको टिमले नयाँ काम गर्न पाएन । तर, कोभिडपछि अब कस्तो कार्यक्रम गर्ने त ? भन्नेतर्फ उनको टिम फेरि घोत्लियो । सानै कार्यक्रममा रमाउने कि ठूलो कार्यक्रम आँट्ने ? फेरि दुई रोजाइ सामुन्ने आयो । त्यसपछि मोन्याकसँगै प्रकाश कर्ण, अजिस्ना शाक्य, आयुसा प्रसाईं, पदम पराजुलीको टिमले ठान्यो,’अब पर्यटनमा इतिहास रच्ने कार्यक्रम गरौं । पूरा मिहेनत गरौंला ।’

 

यस पटकको उनीहरुको भिजन ठूलै छ । नेपाल के हो ? नेपाललाई पुनर्परिभाषित गर्ने सोचसहित ‘इम्याजिन नेपाल’ सुरु गरे। घरमै उत्पादित एउटा यस्तो कार्यक्रम जहाँ ७ क्रियटिभ टिमले सातै प्रदेशमा पुगेर बनाएको ५६ डकुमेन्ट्रीमार्फत् नदेखेको नेपाललाई देखाउनेछन् । ‘नेपाल पर्यट्न दूत २०७९’ को रुपमा नेपाललाई प्रस्तुत गर्ने यो कार्यक्रम कान्तिपुर टेलिभिजनमा वैशाख २३ बाट सुरु हुँदैछ । ‘हामीले यसबीच कति विदेशीलाई नेपाल के हो त भनेर सोध्दा धेरैले सगरमाथा भनेर जवाफ दिए । कतिले के भने । उनीहरुले नदेखेको नेपाललाई हामीले देखाउन पाउँ भनेर हामीले इम्याजिन नेपाल सुरु गर्‍यौं,’मोन्याक सुनाउँछन् ।

सगरमाथाबाहेकको परिचय बोकेको नेपाललाई कसरी देखाउने ? टिमले स्टोरी टेलर्सको लामो लिस्ट तयार पार्‍यो । त्यसबीच छानिए ७ स्टोरी टेलर्स/कन्टेन्ट क्रियटर । साहना बज्रचार्य(प्रदेश १), दर्शन पोख्रेल(गण्डकी प्रदेश), किशोर कायस्थ(लुम्बिनी प्रदेश), अविन गुरुङ(कर्णाली प्रदेश), घुमन्ते(मधेस प्रदेश), मानसी अग्रवाल(बागमति प्रदेश), नेपाल डट फुड(सुदुरपश्चिम प्रदेश) । हरेकलाई प्रदेश छुट्याइयो । उनीहरु प्रत्येकलाई १० जनाको टिममा २५ दिनका लागि आ-आफ्नो प्रदेश पठाइयो । उनीहरुले खिचेर ल्याएको डकुमेन्ट्रीमा नेपालको नयाँ परिभाषा देखिने कार्की सुनाउँछन् । ती सातै कन्टेन्ट क्रियटरले ७ प्रदेशको ७ थिममा ७ वटा डकुमेन्ट्री बनाएका छन् । ‘ल्यान्डस्केप एण्ड टेरेन’, ‘टुरिजम एक्टिभिटिज’, ‘फुड एण्ड क्युलिनरी आर्ट्स’, ‘बायोडायभरसिटी’, ‘पिपुल एण्ड कल्चर’,’द अनएक्सप्लोर’ र ‘प्रोभिन्स भिडियो’को थिममा बनेको डकुमेन्ट्रीको प्रतिस्पर्धा पनि हुनेछ ।सुरजसिंह ठकुरी प्रस्तोता रहेको यस कार्यक्रमको भूषण दाहाल निर्णायक रहनेछन् । १ घण्टाको कार्यक्रममा निर्णायकसँगै दर्शकले पनि भोट गर्ने व्यवस्था गरिएको छ । ७ प्रदेश पुगेर बनाएको ७ डकुमेन्ट्रीबीचको प्रतिस्पर्धामा एकजना कन्टेन्ट क्रियटर विजेता घोषणा गरिनेछन् । विजेताले उपहारमा नगद २० लाख जित्ने बताइएको छ । जितेको टिमले फेरि नेपालको विषयमा सात वटा थिममाथि नेपालको डकुमेन्ट्री बनाउनुपर्नेछ ।

आफूहरुले नेपालको पर्यटन प्रवर्द्धनका लागि यस किसिमको कार्यक्रम सुरु गरिएको मोन्याक सुनाउँछन् । ‘हाम्रो कम्पनीले सँधै केही फरक गर्ने सोचसहित अगाडि बढेको छ । हामीले जे-कुरा पनि बाहिरबाट नै आयात गर्छौं । फ्रेन्चाइज सोहरु नेपाल भित्रिइरहेका छन् । हामीले अहिले सिर्जनशिलता पनि बाहिरबाट नै ल्याउन थाल्यौं । हामी आफैंमा सक्षम छौं भनेरै केही नयाँ कार्यक्रम हामीले ल्याएका छौं । यो नेपालकै लागि नेपालमै उत्पादित यस्तो कार्यक्रमको नयाँ कन्सेप्ट हो,’उनले भने,’भोली भारतले इम्याजिन इन्डिया भनेर हाम्रो फ्रेन्चाइज लान सक्नेछन् । युवाहरुले यो कार्यक्रमपछि नेपाललाई बुझ्नु पर्‍यो । हामी काठमाडौं बसेर नेपाल बुझे झैं गर्छौं नि ! तर सुदुरपश्चिममा पुगेको हाम्रो टिमले त्यहाँ नयाँ नेपाल देख्नु भएको छ । यो नेपाली र विदेशमा बसिरहेकाहरुलाई नेपाल बुझाउने कार्यक्रम हो ।’

३ करोड बजेटमा तयार भएको यो कार्यक्रमपछि आफूहरुले पर्यटन प्रवर्द्धनबारे नै नयाँ काम गर्ने सोचेको मोन्याक सुनाउँछन् । ‘कति कन्टेन्ट क्रियटरले त जीवननै जोखिममा राख्नु भएर सुटिङ गर्नु भएको छ । गण्डकी प्रदेशको दर्शन पोख्रेलले ७ दिन हिउँमा पुगेर खिच्नुपर्ने ठाउँमा पुग्नु भएको छ ।केही राम्रो काम देशका लागि गरेका छौं । केही राम्रो हुन्छ कि भन्ने हुन्छ भन्ने लागिरहेको छ,’उनले भने,’मिलियन भ्यूज नपुगे पनि बौद्धिक वर्ग, पर्यटन क्षेत्रका मानिसकहाँ यो कार्यक्रम पुगोस् अब यसपछि नेपालको पर्यटन प्रवर्द्धनका लागि काम गर्नेछौं ।’

Advertisement Banner
Previous Post

बानिरा फाउण्डेसनको उद्घाटन्

Next Post

शशीभित्रको कवि र कविता

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
शशीभित्रको कवि र कविता

शशीभित्रको कवि र कविता

Recommended

चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Nepal: Remittance inflows jump 35.4 percent in first quarter

9 months ago
Prime Minister Sher Bahadur Deuba inspected the ‘International Airport Construction Site’ in Nijgadh

Prime Minister Sher Bahadur Deuba inspected the ‘International Airport Construction Site’ in Nijgadh

4 years ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.