कवि वासु शशीको कवितासङ्ग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ लोकार्पण

जेठ २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा श्रीमती जुलुम बैद्य, यादव खरेल, कालीप्रसाद रिजाल, गणेश रसिक, मोमिला जोशी र राजकुमार बानियाँले कवि वासु शशीको कवितासङ्ग्रह ’पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ कवितासंग्रहको सामुहिक रूपमा लोकार्पण गर्नुभयो ।

लोकार्पित कृतिमाथि कालीप्रसाद रिजाल, यादव खरेल, मोमिला र राजकुमार बानियाँले चर्चा गर्नुभएको थियो ।
वासु शशी स्मृति परिषदले आयोजना गरेको कार्यक्रममा परिषदका सचिव प्रध्दुम्नराज जोशीले स्वागत मन्तव्य राख्नुभयो । परिषदका अध्यक्ष गणेश रसिकले सभापतित्व गरेको उक्त कार्यक्रम कृति प्रकाशक बुकहिलका भूपेन्द्र खड्काले सञ्चालन गरेका थिए । कार्यक्रममा साहित्यकारहरू मञ्जु तिवारी ‘काँचुली’, हिरण्यकुमारी पाठक, हरि अधिकारी, लव गाउँले, गोविन्द गिरी प्रेरणा, कणाद महर्षि, नरेन्द्रबहादुर श्रेष्ठ, मोहन दुवाल, ध्रुव मधिकर्मी, दिव्य गिरी, प्रमोद स्नेही, रञ्जना निरौला, चूडामणि देवकोटा, ठाकुर बेलवासे, साहित्यिक पत्रकारहरू जयदेव भट्टराई, त्रिभूवनचन्द्र वाग्ले, अभय श्रेष्ठ, राजेश खनाल, विमल भौकाजी, मनोहरि थापा, रोशन थापा ‘निरव’, प्रकाश घायल, सानुराजा श्रेष्ठ ‘अञ्जान’, दामोदर पुडासैनी, पुष्करराज भट्ट, राधाकृष्ण कार्की, नेपाली चलचित्र नायक पुरन जोशी, मुरारी सिग्देल, राजेश मान
नेपाल के.सी., सुमन घिमिरे ‘वर्षा’, अनुपम रोशी, सन्ध्या पहाडी, कमला रानी, सरस्वती श्रेष्ठ, सुशीला देउजा, नानु भट्टलगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।

Comments are closed.