चित्रकलामै व्यस्त डिल्लीकृष्ण आले

धनकुटा (हिले)  । जागिर पछि धेरैको निवृत्त जीवन निरश र पट्यारलाग्दो ढंगले बितिरहेको हुन्छ । कोही भने व्यावहारिक बोझ बिसाएर निवृत्त समयलाई झन् गतिशील र सृजनात्मक बनाइरहेका भेटिन्छन् । यिनैमध्येका एक हुन् धनकुटाका डिल्लीकृष्ण आले । ६५ वर्षीय आले आफूले देखे भोगेका जीवन र जगत्का चित्रहरुमा अनेक रंग भरेर सेवानिवृत्त जीवन सजाइरहेका छन् ।

प्रशासनिक सेवामा ३६ वर्ष बिताएका धनकुटा–७ श्रीवानीका डिल्लीकृष्ण आलेले सात वर्षयता दैनिक जसो चित्रकलामा ब्यस्त हुनुहुन्छ । उहाँले अहिले कागज, पेन्सिल, कुची र रंगसँग दिनभर जसो हुनुहुन्छ । उहाँ कहिले कुनै जगंलको बिचमा भटिन्छने त कहिले बिच सडकमा अनि कहिले बिच बजारमा बसेर चित्र कलामा रमाइरहनु भएको हुन्छ । १४/१५ वर्षको उमेर देखिनै चित्र कोर्दै आउनुभएका आलेले जागिर पछिका सात वर्षमा भाव र रंगको संयोजनलाई अझनिखार्ने अवसरका रुपमा सदुपयोग गरिरहनु भएको छ । “जागिरे उमेरमा खुलेर चित्रकलामा लाग्न नपाए पनि अहिले ढुक्कले लागेको छु” उहाँ भन्नुहुन्छ ।

चित्रकला सम्बन्धी कुनै औपचारिक अध्ययन नगरे पनि उहाँले अहिलेसम्म एक्रेलिक, ओइल र वाटरकलर बिधामा तीन हजार भन्दा बढी चित्र  बनाइसकेका छन् । ऐतिहासिक, संस्कार संस्कृति, प्रकृति, काल्पनिकता र जीवजगत्का अनेक आयाम आलेका चित्रमा नियाल्न सकिन्छ । तर तराइका बजार क्षेत्र र उपत्यकामा जस्तो पहाडी क्षेत्रमा चित्रकलाको भबिश्य नभएकोमा उहाँ चिन्तीत हुनुहन्छ ।“पहाडि क्षेत्रमा खासै भबिश्य छैन कहिले चित्रकलाका लागि आबश्यक पर्ने सामाग्री पाउदैन कहिले कुनै चित्रकला लक्षित कार्यक्रमनै हुन्छ” उहाँभन्नु हुन्छ ।

चित्रकलानै जीवनको मुख्य पाटो बनाउनु भएको उहाँले समय–समयमा एकल प्रदर्शनी समेत गर्दै आउनु भएको छ ।

 

Comments are closed.