‘भजनसंस्कृति’ एक सिंहावलोकन

गीतामा भगवान कृष्णले मोक्षका लागि तीन बाटो देखाउनु भएको छ। ती हुन् भक्ति योग, कर्मयोग, र ज्ञानयोग। यस मध्ये ज्ञानयोग सब भन्दा कठीन तर मोक्ष पाउने उत्कृष्ट बाटो हो भनि बताईएको छ। त्यसो त संसारमा सृष्टिको संतुलन र सनातन धर्मलाई निरन्तरता दिन श्रीकृष्णले कर्मयोगलाई विशिष्ट स्थान दिनु भई अर्जूनलाई डटेर युद्ध गर्न तयार पार्नु भयो । नभए अर्जुन धनुष बाण त्यागि मैदान छाडन तयार भएका थिए। ज्ञान योगमा उक्लिन नसक्ने र कर्मयोगमा पनि हार खानेहरूका लागि भक्तियोगको मार्ग देखाईएको छ। जुन सरल र कलियुगको लागि उपयुक्त मानिएको छ। भक्तियोगको मार्गमा लाग्नेले नत पढेर पण्डित हुनु पर्दछ नत कर्मकाण्ड जान्नु पर्दछ। केबल आफूलाई कर्मयोगी बनाई परमेश्वरको शरणमा सुम्पी ऊनैको पाउमा समर्पित गरी ऊनको नमन र भजनमा निरन्तर लागेमा मुक्ति मिल्दछ भन्ने विश्वास छ।

वैदिककालदेखिनै ऋषि मुनीहरूले सनातन धर्मलाई निरन्तरता दिन चेलाहरूलाई श्लोकहरू कण्ठ गराई भावपूर्ण तरिकाले लय हाली गाउन सिकाए। यस्तो गर्दा अनु याईहरू माथी अभूतपूर्व प्रभाब पर्यो। मन माझिएर एकाग्रता बढदै गयो। ईश्वरको नीगाह प्रत्यक्ष अनूभव गर्न थाले। यसो गर्दा सनातन धर्मका मर्महरू बूझ्न र बूझाउन सरल हॅूदै गयो। विभिन्न कालमा जन्म लिएका अदभूत प्रतिभाशाली योगी तथा गूरूहरूले ईश्वरको महिमा र किर्तीको वर्णनहरू गरी श्लोकहरू बनाई भाव पूर्णरूपमा गाऊन थालियो।
भजनलाई भक्ति मार्गको माध्यमबाट मुक्ति पाउने उत्कृष्ट साधन मानिन्छ।
ईश्वरको महिमा लेखी आ-आफ्नो भाषामा लय र स्वर दिएर भजन गाउने परम्परा हिन्दूस्स्थानको दक्षिणी भागबाट सूरू भई बिस्तार-बिस्तार सम्पूर्ण भारतवर्षमा प्रचलीत हॅूदै गयो। जति-जति ढोंगी र पाखण्डी परम्पराबादी धर्मगूरूहरूको हिन्दू धर्र्मालम्बी माथी शोषण बढदै गयो त्यति-त्यति सरल र आम जनसमुदायले अपनाउन सक्ने भक्तिमार्गका ऊपायहरूको खोजी हॅूदै गयो। सॅस्कृतका विद्वानहरूले अनपड र सॅस्कृत भाषा नजान्ने माथी एकाधिकार जमाएर शोषण गर्न धर्मलाई ठगी खाने बाटो बनाए। त्यसको बिरोधमा भक्तीमार्गीहरू उठन थाले। यो धार्मिक आन्दोलन नै सूरूमा दक्षिण भारतमा सूरूभई सारा हिमबत् खण्डमा बिस्तार भयो।
स्थानिय शैलीका मुग्ध पार्ने भजन लेख्ने र गाउने भक्त र कलाकारहरू जन्मन थाले।भजन भक्तीयोगका भक्तहरूको ढोंगी संस्कारवालाहरूको बिरोधमा लडने बलीयो साधन बन्यो। शान्तिपूर्वक आन्दोलन गरिंदै इश्वरका मन्दिर र मठमा मात्र हैन घर- घरमै भजन गरी, प्रत्येक व्यक्ति इश्वर कै अंश हो भन्ने जस्ता बिचारहरू भजन मार्फत बुझाउन थालियो।

बिस्तारै – बिस्तारै यसको प्रभाब अरू धर्ममा पनि पर्न थाल्यो । १२औं शताव्दीमा भारतका बिभिन्न भागमा फैलिएर बसेका परसियन सूफीहरूलाई पनि भक्ति र भजनबाट इश्वरसंग एकात्मक हुने बाटोतर्फ प्राकृतिक आकर्षण बड्यो। यी दूई भिन्न परम्परा र मान्यता भएका धर्मालम्बीहरूका बीचमा भक्ति सॅगीत र सीहित्यको निकै आदान -प्रदान भएको पाइन्छ र भजनको गूणात्मक वृद्धीमा एक अर्काको पूरक भएको पनि पाईन्छ। संस्कृत, हिन्दी, नेपाली र हिन्दूस्तानका विभिन्न भाषाहरूमा लेखिएका र गाईएका हजारौं भजनहरू पाइन्छन् ।

१४देखी १७औं सताब्दीका बीचमा लेखिएका सनातनी भक्ति गीतहरूको सर्वत्र वर्णन भएका र ब्यापक रूपमा घरघरमा भजिने गरेको पाइन्छ।
प्रख्यात भक्त जस्ले उतकृष्ट भजनहरूको रचनागरे, तिनमा १५औं सताब्दीका भक्त शूरदाश जो अन्धा थिए, उनको स्थान अब्बल दर्जामा मानिन्छ ।
यसैगरी १६औँ सताब्दीमा तुलसीदास र कबीरका भजनहरूले चौतर्फी लोकप्रियता पाए। यिनका भजनहरूले हिन्दु , सिख तथा ईस्लाम धर्मावलम्बी सबैले रूचाए। त्यसबखत मिराबाई पनि उत्कृष्ट भक्तमा प्रख्यात भईन। भजन, भक्ति र भक्तको कुरा निस्कनासाथ मिराबाईका अनेक कथा र कहावत सुन्नमा आउँछन् ।
सन १५०६ ताका जात-पात छुवाछुतको कु-प्रथाले समाजलाइ चरम सिमामा विभाजन गरेको बेलामा बंगालबाट चैतन्य माहाप्रभुले किर्तनको माध्यमबाट बिष फैलेझैं फैलेको सामाजिक विकृतीलाई नामकिर्तनको माध्यमबाट समाजिक आन्दोलन नै गरिदिए । गाउँ सहर, मठ. मन्दिर सबैतिर सबै जात-जाती एकै ठाऊँमा जम्मा पारेर बंगालदेखी उडिसासम्म हरेकृष्ण हरेराम संकिर्तन नाच्दै गाउँदै ठूलो जन समुदायमा चेतना जगाए। त्यो संकिर्तनको ज्वाला हालसम्म पनि संस्थागत रूपमै स्कोनले ‘हरे कृष्ण’ मूभमेण्ट मार्फत स्थापित गरेको छ।
भजन, शास्त्रीय संगीत र नृत्यको अनुपम मिश्रण भने दक्षिण भारतमा बढी प्रचलीत र विकाश भएको पाइन्छ। त्यसो त उत्तर भारत खासगरी बंगाल प्रदेशमा घर -घरै संगित नाच र भजनमा सिपालु भजन प्रेमीहरू पाइन्छन् ।
हालका दिनहरूमा रबिन्द्र संगीत, साईबाबा, कृपालू महाराज, श्री श्री रबी शंकर आदी बिभिन्न बिद्वान गूरूहरूबाट रचित र प्रोत्साहित भजनहरू सुन्न पाईन्छ।
नेपालमा पनि विभिन्न खालका मौलिक भजनहरू रच्ने र गाउने परम्परा छ। काठमाडौंका प्रत्येक मन्दिरमा खास गरेर सहर भित्र पुस्तौंपुस्तादेखी भजन मण्डली बनाई बिहान – बिहान भजन गर्ने चलन अझै कायम छ। पशुपतिनाथको मन्दिरमा भजन गाउने उनै नारायण गोपाल स्वर साम्रट बने।
स्वर्गिय गूरू कविप्रसाद गौतमको हरेराम संकिर्तन मण्डल यज्ञले देशव्यापी रूप लिंदैछ ।
भजन कुनै जाती अथवा समुदायको पेवा नभए पनि आफ्नै माटो र मौलीकताबाट फस्टाएका भजनहरूको प्रचार प्रसार हुनु जरूरी छ। नेपालमा मन्दिरहरूमा गरिने् मैथिली प्रदेशका मैथिली भजन, र पाहाडमा सत्यनारायण पूजा, रामायण, राम कृष्ण, देउसी -भैलो जस्ता नाचगान गरी गाइने मौलीक भजनहरू संरक्षण र संवर्धन गर्न जरूरी छ।
भजन-किर्तनले समाजमा सदभाव बढाउँछ । जात भात, छूवा छूतका भावनाहरू निर्मूल पार्नमा मद्दत गर्दछ। सदभावना र सकारात्मक सोचको अभिबृद्धी गराउँछ। सांस्कृतिक आँतको सुरक्षा गर्छ।
भजन र भक्तिबाट भाव निक्लन्छ। भावबाट मन स्वच्छ हुन्छ । मन मझिएपछि ईन्द्रियहरू शान्त हुन्छन् । अनी एकाग्रता बढछ र कर्मयोगी भएर ईश्वरको सेवा अविरल रूपमा गर्न सकिन्छ। यसैले भजन – किर्तन गर्नु गराउनु प्रारब्धको कुरा हो। सबैलाई यस्तो मौका मिल्दैन। म नेपाल अधिराज्य भरीका भजन मण्डलीको ऊत्तरोतर विकाश होस भन्ने कामना गर्दछु।

कुमार उपाध्याय

अमेरिका

Comments are closed.