Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

कृसु क्षेत्री, मनोज न्यौपाने र चेतनाथ धमलाको सम्पादनमा ‘विलयन लेखन’ प्रकाशित

himalaya Diary News Service by himalaya Diary News Service
April 17, 2022
in Author, Book Releases, Literary Festival & Event, Literature, Nepal
0
कृसु क्षेत्री, मनोज न्यौपाने र चेतनाथ धमलाको सम्पादनमा ‘विलयन लेखन’ प्रकाशित
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

लामो समयदेखि सञ्चालन नभई बन्द हुने अवस्थामा पुगेको नेपाली लेखकहरूको सेयरबाट सञ्चालित साझा प्रकाशनमा वरिष्ठ कवि प्रह्लाद पोख्रेल महाप्रबन्धक नियुक्त भएपछि पुनर्जीवन प्राप्त गरेको छ ।

साझा प्रकाशनले कृसु क्षेत्री, मनोज न्यौपाने र चेतनाथ धमलाको सम्पादनमा समालोचनात्मक कृति ‘विलयन लेखन’को प्रकाशन गरेको छ ।

प्रकाशन गृहले सन् २००५ जनवरी १ मा कृसु क्षेत्री र मनोज न्यौपानेले घोषणा गरेअनुसार विलयन लेखन नामक साहित्यिक अभियानको सन्दर्भमा नेपालका चर्चित ४० जना स्रष्टाहरूको समालोचनात्मक लेखहरू सङ्कलित ‘विलयन लेखन’ कृति प्रकाशित भएको छ ।

नेपाली साहित्यमा चर्चित भएको दुई विलयन काव्य आगोको मू्र्छना र रगतको दरबार कृतिको चर्चा गर्दै नेपाली पाठकले चासो व्यक्त गरेको विलयन लेखन र यसका सिद्धान्तहरूको सविस्तार उल्लेख छ ।

यस कृतिमा सर्वश्री माधव घिमिरे, इन्द्रबहादुर राई, कृष्णचन्द्रसिंह प्रधान, डा.मोदनाथ प्रश्रित, डा. ध्रुवचन्द्र गौतम, प्राडा अभि सुवेदी, प्राडा गोविन्दराज भट्टराई, प्रा रामकुमार पाँडे, डा रामदयाल राकेश, प्राडा जयराज पन्त, प्राडा खगेन्द्रप्रसाद लुइटेल, प्राडा अरूण गुप्तो, प्राडा संजीव उप्रेती, प्राडा लक्ष्मणप्रसाद गौतम, डा दुबसु क्षेत्री, प्राडा कुमारप्रसाद कोइराला, प्राडा रमेशप्रसाद भट्टराई, डा रामप्रसाद ज्ञवाली, डा कृष्णप्रसाद भट्टराई, डा ज्ञानु पाण्डे, कृष्ण प्रधान, कृष्ण धराबासी, दधिराज सुवेदी, डा तारालाल श्रेष्ठ, प्रदीप नेपाल, डा विजय सुब्बा, डा सुकुम शर्मा, लीला लुइँटेललगायत प्रसिद्ध समालोचक एवं साहित्यकारहरूको लेख सङ्कलित छन् ।

प्रस्तुत विलयन लेखन कृति नेपाली साहित्यका पाठक, समीक्षक, शोधार्थी एवं अध्येताहरूका लागि निकै महत्वपूर्ण खुराक हुने सम्पादक तथा कवि कृसु क्षेत्रीले बताए ।

अर्का सम्पादक मनोज न्यौपानेले विलयन लेखनमाथि जे–जस्ता विचार प्रकट गरिएका छन्, तिनलाई जस्ताको तस्तै राखिएको बताए । उनले भने, ‘आफ्नै विरुद्धका विचारलाई पनि ससम्मान स्थान दिइएको छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीलगायत देशभर बिक्रीमा राखिएको विलयन लेखनले आम नेपाली पाठकको मन जित्ने विश्वास साझा प्रकाशनले लिएको छ ।

Advertisement Banner
Previous Post

‘स्रष्टा चैत्र ३०’बाट भट्टराई, पोखरेल र अधिकारी सम्मानित

Next Post

Flight on Keshod-Mumbai route under RCS UDAN flagged off; Porbandar-Delhi Flight to start on 27th April: Scindia

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Flight on Keshod-Mumbai route under RCS UDAN flagged off; Porbandar-Delhi Flight to start on 27th April:  Scindia

Flight on Keshod-Mumbai route under RCS UDAN flagged off; Porbandar-Delhi Flight to start on 27th April: Scindia

Recommended

नेपालमा भारतका चित्रकार सञ्जय र सञ्जिदाको कला प्रदर्शनी

नेपालमा भारतका चित्रकार सञ्जय र सञ्जिदाको कला प्रदर्शनी

4 years ago
India-China bilateral relations show momentum of recovery, says Chinese Foreign Minister Wang Yi

India-China bilateral relations show momentum of recovery, says Chinese Foreign Minister Wang Yi

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.