११२ जना कविहरुको संयुक्त कवितासंग्रह ‘अपराध – सुधार’ लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको प्रायोजनमा ‘अपराध – सुधार’कवितासंग्रहको लोकार्पण सम्पन्न गरिएको छ । अनेसास नेपाल च्याप्टरकी अध्यक्ष सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न उक्त लोकार्पण कार्यक्रमका प्रमुख अतिथी डा. केदारभक्त माथेमा हुनुहुन्थ्यो भने विशिष्ट अतिथीमा सीमाविद बुद्धीनारायण श्रेष्ठ र डा.खगेन्द्र लुइँटेल, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, वक्ता महेसविक्रम शाह, प्रतीक ढकाल र डा. रामप्रसाद दहाल हुनुहुन्थ्यो ।


म्याडिसन कोठे बैठक प्रकाशक रहेको उक्त पुस्तकका प्रमुख संयोजक र कल्पनाकार एक बहादुर क्षेत्रीले कविता र कविताको कितावको बारेमा बोल्नु थियो । विश्वमा नै अपराध विषयमा लेखिएका प्रथम कवितासंग्रह रहेको बताउँदै अपराध जस्तो विषयलाई कविताले बोकेको र पठनीय रहेको बताउनु भयो । विश्वभरीका ११२ जना नेपाली कविहरुको संयुक्त संग्रह रहेको उक्त पुस्तकका कविता माथि साहित्यकार महेशविक्रमले शाहले समीक्षा गर्दै पुस्तक नै त्यस्तो माधयम हो जसले नकरात्मक भावहरुलाई सकारात्मक बनाउँछ भन्नु भयो । यस्तै अतिथीहरुले पनि कविताको महत्वमाथी प्रकाश पार्नु भएको थियो । प्रकाशित कृतिमा प्रकाशित कविताका कविहरु मध्ये  कवि सुमन वर्षा, कवि आशुतोस कवि जानु धिताल, कवि गोपिकृष्ण प्रसाईँले आफ्ना कविता बाचन गर्नु भएको थियो । पुस्तक सम्पादन बारे बोल्दै रञ्जना निरौलाले कार्यक्रमलाई स्वागत गर्नु भएको थियो । कर्यक्रम सञ्चालन मधु पाठकले गर्नु भएको थियो ।

 

Comments are closed.