Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

युवराज नयाँघरेको नयाँ नियात्रासंग्रह  सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
April 24, 2022
in Author, Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal
0
युवराज नयाँघरेको नयाँ नियात्रासंग्रह  सार्वजनिक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

९ वैशाख, २०७९, काठमाडौँ,  वरिष्ठ निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको …याकजी’ निबन्ध संग्रहको विमोचन भएको छ । प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन गरेको उक्त नियात्रा कृतिमा तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ ।

बबरमहलमा उक्त संग्हको विमोचनपछि नाटककार मल्लले भने– …डोल्पाली समाजको असाध्यै सुक्ष्म वर्णन गरिएको यो कृति कला र शिल्पको हिसाबले महत्वपूर्ण छ । यो कृति यात्रा मात्रै नभएर सामाजिक रूपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो ।’

समालोचक महेश पौडेलले भने– ‘याकजी उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनको लागि सक्षम भएको छ । विवरणभन्दा अध्ययन र अनुसन्धानले भरिभराउ यो कृति यात्रा लेखनको एक मानक ग्रन्थ बन्न सकेको छ ।’

उनले भने– …नयाँघरेशैली यहाँ पनि हामी मज्जाले भेट्न सक्छौं ।’

याकजी नेपाली यात्रा साहित्यमा एक अमूल्य कृतिका रूपमा आएको बताउँदै कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक अनुहार पुस्तकमा भेट्न सकिने बताए । उनले निबन्धकार नयाँघरले डोल्पाली समाजलाई अत्यन्तै सूक्ष्म र विशेष कलाकारिताका साथ प्रस्तुत गर्न सफल भएको बताए ।

कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक स्वाद हामी यहाँ भेट्न सक्छौँ । नयाँघरेको मौलिक भाषिक प्रयोग र ठेट नेपालीपनलाई यहाँ पनि आत्मसात् गरिएको अनुभव गर्न सकिन्छ । डोल्पाली समाजलाई अत्यन्तै सुक्ष्म र विशेष कलाकारिता प्रस्तुत गरी लेख्नमा नयाँघरे सफल छन् ।’

यस्तै समालोचक तथा प्रा=डा= सिर्जना शर्मा उप्रेतीले …नयाँघरेको लेखनबाट आफू प्रभावित भएको र …याकजी’ पढ्न पढ्दा हिमाली सभ्यता, संस्कृति र रहनसहन थाहा पाउन सकिने बताइन ।

याकजीका लेखक युवराज नयाँघरेले आफ्ना लेखकीय अनुभव बताउँदै कर्णालीको विकट क्षेत्रको यात्राबाट आफूले जीवनकै गहिरो दर्शन प्राप्त गरेको धारणा प्रस्तुत गरे ।

 

नयाँघरेले भने …डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्व हो । विकटताभित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरू घुम्नु पर्छ । यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावना हुर्काएको छु । देश चिन्नका लागि डोल्पा एक विशेष स्थान हो । हरेक व्यक्तिले समय, समाज र संस्कृतिको समग्र अवस्था अध्ययनका लागि डोल्पा जस्ता विकट र कष्टकर भूभाग एक पटक भ्रमण गर्नुपर्छ ।’

नयाँघरेको यो कृतिमा तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन गरिएकोछ । नियात्राकार नयाँघरेको यो १८औं कृति हो । रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृति लगायत उनका आठ वटा नियात्राका कृति प्रकाशित छन् । मदन पुरस्कारलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित एवं पुरस्कृत नयाँघरे नेपाली निबन्ध र नियात्रा साहित्यका प्रतिनिधि लेखक मानिन्छन् ।

Advertisement Banner
Previous Post

गीतकार पुष्पा खनालको प्यासी प्यासी सार्वजनिक

Next Post

म्याङ्लुङमा वसन्त काव्य उत्सव सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
म्याङ्लुङमा वसन्त काव्य उत्सव सम्पन्न

म्याङ्लुङमा वसन्त काव्य उत्सव सम्पन्न

Recommended

Nepal Rastra Bank absorbs Rs 20 billion to manage excess liquidity

Nepal: Remittance inflows reach Rs 1.62 trillion in six months

2 months ago
Researchers Discover Molecular Difference in Autistic Brains

Researchers Discover Molecular Difference in Autistic Brains

3 months ago

Don't Miss

Patan High Court annuls membership of 18 FNCCI commodity associations

FNCCI welcomes government’s decision to implement PSPP

March 29, 2026
Nepal Govt ordered Betting apps, websites to shut in 24 hours

Nepal Govt ordered Betting apps, websites to shut in 24 hours

March 29, 2026
The Center for Diagnostics and Telemedicine  Unveils Innovative Scientific Mentoring System at “Mentoring Formula” Forum

The Center for Diagnostics and Telemedicine  Unveils Innovative Scientific Mentoring System at “Mentoring Formula” Forum

March 29, 2026
Rastriya Swatantra Party Chair Rabi Lamichhane to be released only on Friday 

Rabi Lamichhane’s next court hearing scheduled for April 27

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.