काठमाडौँ- दक्षिण एसियाकै बौद्ध इतिहास बोकेको पुस्तक भक्तपुरमा सार्वजनिक गरिएको छ । रसबाहिनी (जम्वुद्धीपमा उत्पन्न कथाहरु) नामक ३३० पृष्ठ लामो पुस्तक सार्वजनिक गरिएको हो ।
श्रीलंकामा सिहाली भाषामा प्रकाशित पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरिएको हो । नेपाली भाषामा प्रकाशित यो पहिलो पुस्तक हो ।
पुस्तकको अनुवाद श्रीमती विद्यालक्ष्मी शाक्यले गरेकी हुन् । त्यसको सम्पादन भिक्षु विपस्सी महास्थविरले गरेका हुन् । पुस्तकको प्रकाशक उपासिका सरोज मानन्धर काठमाडौं रहेको छ।
पुस्तकमा ४० वटा कथाहरु संकलित छन् । प्रकाशित पुस्तकमा दक्षिण एसियाकै बौद्ध इतिहासको गुप्त विषयहरु रहेको जनाइएको छ ।
पुस्तकको मूल्य राखिएको छैन । तथापि चाहिने नचाहिने सवैले नलेओस् भनेर प्रति पुस्तक रु तीन सय सहयोगस्वरुप लिने मुनि विहार इनाचो भक्तपुरले जनाएको छ । पुस्तक पढ्न चाहनेहरुले मुनि विहार भक्तपुरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पुस्तकको विमोचन बौद्ध विद्धान भिक्षु उपतिस्स महास्थवीर र अर्को बौद्ध विद्धान मदनरत्न मानन्धरले विहारमै संयुक्त रुपमा गरेका थिए ।






