Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

रामकुमार आचार्यद्वारा लिखित ‘ध्यान विज्ञान’ लोकार्पण

Editorial Team by Editorial Team
December 23, 2025
in Book Releases, Literary Festival & Event, Nepal, News
0
रामकुमार आचार्यद्वारा लिखित ‘ध्यान विज्ञान’ लोकार्पण
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- दोस्रो विश्व ध्यान दिवस र यस वर्षकै सबैभन्दा छोटो दिन पनि। यही अवसर पारेर रामकुमार आचार्यद्वारा लिखित ‘ध्यान विज्ञान’ लोकार्पण गरिएको छ।
पुस्तक लोकार्पण प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बुद्ध प्रकाश फाउन्डेसनका अध्यक्ष खेन्पो पेमा होसेर र साना दुई बालबालिकाले गरेका थिए।
प्रतिनिधिसभाका सभामुख घिमिरेले मनको सफाइका लागि ध्यानलाई दैनिक जीवनमा अपनाउन जोड दिएका छन्। ध्यानले समग्ररूपमा खुसी हुन सिकाउने र लक्ष्य प्राप्तिमा ठुलो सहयोग पुर्‍याउने उनको भनाइ छ। भगवान् शिवले सुरु गरेको ध्यान आजको अवस्थामा पनि उत्तिकै प्रभावकारी रहेको उनले बताए।
पूर्वप्रधानमन्त्री नेपालले २०३१ सालदेखि भूमिगत राजनीतिक जीवन सुरु भएयता आज पनि ध्यान जारी रहेको बताए। ध्यानसँगको मेरो सम्बन्ध राजनीतिक जीवनसँगै सुरु भएको उनले खुलासा गरे। जाति, लिंग, वर्गभन्दा माथि उठेर सम्पूर्ण मानव भलाइ र कल्याणको भाव विकास गर्न ध्यान महत्वपूर्ण रहेको उनले स्पष्ट पारे।
बुद्ध प्रकाश फाउन्डेनका अध्यक्ष खेन्पो पेमा होसेरले बाहिर बगिरहेको ऊर्जालाई आफूतिर फर्काउन ध्यानका सरलभन्दा सरल विधि रहेको बताएका छन्। कार्यक्रममा उनले ध्यानको अभ्याससमेत गराएका थिए।
वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पुस्तक समीक्षा गर्दै ध्यानको ज्ञान मात्र होइन, यसका विधि, प्रक्रिया, व्यवहार आदिका दृष्टिले पुस्तक उपयोगी रहेको बताए। पूर्वीय दर्शनका रूपमा रहेको ध्यानलाई पश्चिमी जगत्ले पनि दैनिक जीवनमा अपनाउन थालेकाले यसको महत्त्व बढ्दै गएको बताए।
ध्यान कहाँबाट कसरी सुरु गर्ने भन्ने विषयमा प्रस्ट उल्लेख गरिएकाले ध्यान अभ्यास गर्नेहरूका लागि यो पुस्तक महत्त्वपूर्ण रहेको उनको भनाइ छ। विश्रान्ति, शान्ति र नैतिक उत्थानका लागि बहुपयोगी मानिएको यस पुस्तकमा १० वटा मुख्य र ससाना ध्यान अभ्यास पनि समावेश गरिएको छ। लेखक आचार्यकै प्रकाशन रहेको यस पुस्तकको मूल्य ८५० रुपैयाँ रहेको छ।

Advertisement Banner
Previous Post

‘बा-आमा’ लिएर आए शिशिर याेगी

Next Post

रसबाहिनी (जम्वुद्धीपमा उत्पन्न कथाहरु) अनुवाद पुस्तक सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
रसबाहिनी (जम्वुद्धीपमा उत्पन्न कथाहरु)  अनुवाद पुस्तक सार्वजनिक

रसबाहिनी (जम्वुद्धीपमा उत्पन्न कथाहरु) अनुवाद पुस्तक सार्वजनिक

Recommended

Nepali Congress President Gagan Thapa Resigns

Nepali Congress rejects resignation of President Gagan Thapa

5 months ago
US President Donald Trump signs executive order to impose tariffs on countries trading with Iran

US President Donald Trump signs executive order to impose tariffs on countries trading with Iran

6 months ago

Don't Miss

Monsoon active, heavy rain likely over hilly areas

Monsoon active, heavy rain likely over hilly areas

August 16, 2026
Muktinath Temple deposits reach Rs 117.6 million

Muktinath Temple deposits reach Rs 117.6 million

August 16, 2026
Nepal Govt  accelerated the classification of individuals injured during the Gen-Z demonstrations

Nepal Govt moves to link treatment protocols with health insurance

August 16, 2026
Swarnim Wagle to contest from Tanahun-1

Finance Minister Wagle urges Nepalis abroad to invest in Nepal

August 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.