Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कवि अनमोल कँडेलको ‘ईश्वरको कारागार’ लोकार्पण

Editorial Team by Editorial Team
November 23, 2025
in Book Releases, Literature, Nepal, News
0
कवि अनमोल कँडेलको ‘ईश्वरको कारागार’ लोकार्पण
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं । साहित्यकार अनमोल कँडेलको कविता संग्रह ईश्वरको कारागार (The Prison of God) सार्वजनिक भएको छ । यो कविता संग्रहमा नेपाली कविताहरू र तिनका अंग्रेजी अनुवादहरू समावेश छन् ।
हाल अमेरिकामा रहेर नेपाली साहित्यमा सक्रिय रहेका कँडेलले ३७ वटा कविता संग्रहित गरेका छन् । पुस्तक फ्लिप साइड स्वरूपमा तयार गरिएको छ, जसमा एकातर्फ नेपाली कविताहरू छन् र अर्कोतर्फ अंग्रेजी अनुवादहरू राखिएका छन् ।
बुकहिलले प्रकाशन गरेको यो कविता संग्रहमा कँडेलले प्रेम, मनोविज्ञान, सभ्यता, दर्शन र अध्यात्मका विभिन्न कोणहरूबाट रचेका कविताहरू संग्रहित गरेका छन् ।
‘यी कविताहरू बन्धनबाट मुक्तितर्फको यात्रा हुन्, मान्छेको विज्ञान, दर्शन र आध्यात्मिक दृष्टिबाट जीवनका भोगाइहरूलाई काव्यात्मक रूपमा प्रस्तुत गरिएको छ,’ कवि कँडेल भन्छन् ।
उनका अनुसार मान्छेलाई आफैंभित्रका कमजोरी र ढोंग चिन्ने साहस जगाउने, नकारात्मकताका केन्द्रहरू तोड्दै आत्माबाटै असल र इमानदार बन्ने आग्रह गर्ने मूल उद्देश्य कविता संग्रहले बोकेको छ ।
‘यो एउटा एउटा आध्यात्म प्रेरित कविता संग्रह हो, यसमा मान्छेको अस्तित्व र दर्शनलाई जीवनबोधको कोणबाट काव्यात्मक जीवन दिइएको छ,’ कवि कँडेल भन्छन् ।
‘ईश्वरको कारागार’ कविता संग्रह काठमाडौंका मुख्य पुस्तक पसलहरू र अनलाइन पुस्तक विक्रेताहरूकोमा उपलब्ध भइसकेको बुकहिल प्रकाशनले जानकारी दिएको छ ।
हाल अमेरिकामा रही क्यान्सर भ्याक्सिनको अनुसन्धानमा संलग्न अनुसन्धानकर्ता डा. कँडेल नेपाली साहित्यमा पनि सक्रिय छन् । उनी कविता, निबन्ध र अनुवाद विधामा निरन्तर कलम चलाइरहेका छन् ।

Advertisement Banner
Previous Post

गायक विक्रम धमलाको नयाँ गीत ‘दर्शन ढुङ्गा’ सार्वजनिक

Next Post

Beautiful Shailung attracts domestic and foreign tourists

Editorial Team

Editorial Team

Next Post
Beautiful Shailung attracts domestic and foreign tourists

Beautiful Shailung attracts domestic and foreign tourists

Recommended

IMF Executive Board Approves Establishment of the Resilience and Sustainability Trust

FSB and IMF Announce Completion of the G20 Initiative to Close Data Gaps Identified in the Global Financial Crisis

4 years ago
England name pace bowler Mark Wood in squad for first Ashes Test

England name pace bowler Mark Wood in squad for first Ashes Test

7 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.