काठमाडौँ, विश्वका विभिन्न ठाउँमा एक सय वर्ष बाँचेका मानिस, तिनको खानपिन, रहनसहन, जीवनशैलीलाई पुस्तकमा सविस्तार चर्चा गरिएको पुस्तक बेसिक प्रिन्सिपल अफ लिभिङ् हन्डरेड’ सार्वजनिक गरिएको छ | पुस्तक युवा चिकित्सक डा. सन्देश पण्डितद्वारा लेखिएको हो ।
विभिन्न उपचार पद्धतिलाई समेत सरल तरिकाले बुझाइएको उक्त पुस्तकमा चर्चित कलाकारलाई रोग लाग्दाको अति नै उपयोगी जानकारीमूलक कुरा पुस्तकमा समेटिएको छ ।
आजको समयमा किन यति धेरै मानिस रोगी हुँदै गएका छन् र त्यसका लागि अपनाउनुपर्ने सचेतनाका बारेमा पुस्तकमा उल्लेख छ । यो पुस्तक पढेपछि मानिसमा स्वास्थ्यप्रति सचेतना र हेर्ने दृष्टिकोण परिवर्तन हुने डा. पण्डितले बताउनुभयो ।
हाम्रा हजुरबुबा, हजुरआमा पुस्ताका मानिस एक सय वर्षबिना कुनै औषधि बाँच्थे तर स्वास्थ्य विज्ञानले यत्रो फड्को मार्दा र अनेकौँ स्वास्थ्य सेवाका विकल्प हुँदा पनि किन हाम्रो पुस्तालाई ६०–७० वर्षसम्म बाँच्न समस्या भइरहेको छ भन्ने कुरालाई पुस्तकमा उल्लेख गरिएको छ । शिखा बुक्सले सो पुस्तक प्रकाशनमा ल्याएको हो ।
Comments are closed.