काठमाडौं । व्यवसायी तथा यात्रा साहित्यका अग्रज स्रष्टा साहित्यकार घनश्याम राजकर्णिकारको अनुसन्धानमूलक संस्मरणात्मक कृति ‘सम्झनामा मेरा पुर्खा’ एक समारोहकाबीच लोकार्पण गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार राजकर्णिकारले यो संस्मरणात्मक कृति आफूले स्पष्टरूपमा लेख्ने प्रयास गरेको बताए । उनले मानिसले आफ्ना पुर्खालाई बिर्सन नहुने उल्लेख गरे । राजकर्णिकारको यस संस्मरणकृतिमा उनका पिता–पुर्खाको संघर्ष, कृष्ण पाउरोटीको स्थापना र अहिलेको स्थितिलाई प्रस्तुत गरिएको छ ।कार्यक्रममा समालोचक प्रा.डा. कृष्णप्रसाद दाहालले राजकर्णिकार परिवारको इतिहास मात्र नभएर औद्योगिक उन्नतिको कथा यस पुस्तकमा समेटिएको बताए ।
अर्का समीक्षक महेश पौड्यालले राजकर्णिकारका पुर्खाहरूको गाथासहित नेपालमा पाउरोटी उद्योगको इतिहास यसले बोलेको उल्लेख गरे ।
नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले साहित्यकार राजकर्णिकारले इमानदार भएर यो कृति लेखेको बताए । उक्त अवसरमा पद्मावती सिंह, देविका तिमिल्सिना र नील ताम्राकारले बोलेका थिए ।
Trending Now
- 13 million people in Ukraine urgently need humanitarian assistance
- शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
- वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
- बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय काठमाडौंमा बैठक सम्पन्न
- संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
- Nepali Ambassador to Belgium Lamsal presents credentials
- On the invitation of the Chinese Communist Party, the leaders of the Maoist Center reached Chongqing, China
- आज महावीर जयन्ती : जैन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाउंदै
- मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको पत्र
- National Health and Scientific Summit in Kathmandu from Thursday
Comments are closed.