गोविन्द गिरी प्रेरणाको पछिल्लो कृति लघुकथासङ्ग्रह ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ एक विशेष कार्यक्रमका बीच विमोचन गरियो।
नेपाल स्रष्टा समाज,काठमाडौंद्वारा प्रकाशित उक्त कृतिलाई समाजकै आयोजनामा अनामनगरस्थित निम्तो रेष्टरेन्टमा प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा.डा.दयाराम श्रेष्ठले विमोचन गरेका हुन्।
नेपाल स्रष्टा समाज,काठमाडौंका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’ को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका आसनबाट बोल्दै श्रेष्ठले लघुकथा के हो कस्तो हुनुपर्छ,कथा र लघुकथामा के कस्ता समानता र भिन्नता छन् भन्ने कुराको चर्चा गर्दै प्रेरणाका लघुकथाहरूमा विभिन्न चार रङ्गहरूको संयोजन रहेको बताए।
त्यसैगरी,समालोचक श्रेष्ठले प्रेरणाका लघुकथाहरू लुते,डर छेरुवा,भगुवा,लुरे र झुसे नभएर साहसी,आँटिलो,दरो,बहादुर र चोटिला रहेको बताए।
सभापतिको मन्तव्यमा श्रीओम श्रेष्ठ’रोदन’ले लघुकथाका बारे चर्चा गर्दै ४० को दशकदेखि नै लोकप्रिय रहेको लघुकथा विधा सशक्त रहेको बताउँदै इतिहास समृध्द छ भने जतिसुकै दबाएर राखे पनि एक दिन उजागर हुने कुरा प्रष्ट्याए।
लेखकीय मन्तव्यमा स्रष्टा प्रेरणाले ५० को दशकमा लेखिएका आफ्ना लघुकथाहरू ५० वटै रहेर प्रकाशन हुनु आफैँमा एउटा संयोग भएको र स्रष्टा मित्रहरूकै आग्रहमा यो लघुकथा अहिले प्रकाशनमा ल्याएको कुरा बताए।
Trending Now
- सरकार ढल्दैछ भन्ने हल्ला मात्रै हो : प्रधानमन्त्री ओली
- साहित्यकार ज्ञवालीको खण्डकाव्य ‘रुरुक्षेत्र’ सार्वजनिक
- 6.8-magnitude earthquake hits Japan, tsunami warning issued
- The SEC filed a lawsuit against Elon Musk
- Ukraine launches biggest attack on Russia yet, Russia says: We will retaliate soon
- भारतका चार स्रष्टालाई नइ पुरस्कार दिने घोषणा
- रवि लामिछानेको काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु
- महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक
- हेमन्त खालिङ र उर्मिला खालिङको गीत नु (मन) सार्वजनिक
- Preparations for presidential elections in Belarus
Comments are closed.