जीवनकुमार प्रसाईंले दैनिक जीवनमा स्वस्थ रहने उपाय र सुझावका साथ उपयोगी पुस्तक ‘धेरैको धपेडी’ प्रकाशनमा ल्याउका छन् । स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सूत्र पस्कँदै आएका लेखक प्रसाईं फेरि पाठकमाझ उभिएका छन् –‘धेरैको धपेडी’को साथमा ।
सरल भाषमा व्यक्त गरिएको बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरूलाई पस्केको छ ।
हम्रा नेपाली चाडपर्वहरु एकपछि अर्को गर्दै धमाधम आउँदै छन् । यतिबेला हामी खानपिनदेखि लिएर वस्तुको संकलनमा केन्द्रित हुन्छौँ । त्यसमाथि पछिल्लो समय हामीले ‘के’ र ‘कति’ भन्दा पनि ‘सकेसम्म धेरै’ भन्न थालेका छौँ । यो ‘धेरै’ले उत्पन्न गर्ने ‘धपेडी’ र त्यसले खोस्दै लगेको हाम्रो सुखमय जीवनकै सेरोफेरोलाई यो पुस्तकले समेटेको छ ।
जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा अनुसन्धान अनि अध्यापनमा संलग्न छन् । उनले अढाई दशकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलीफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । उनले अमेरिकाको नेसनल इन्स्टीट्यूट अफ हेल्थ –एनआइएच) बाट वैज्ञानिक अनुसन्धानका लागि अनुदानसमेत प्राप्त गरेका छन् । अनुसन्धानमा आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन् । उनले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका हुन् ।
दुइ सय २८ पृष्ठ लामो‘ धेरैको धपेडी’ पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको छ साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ ।
Trending Now
- शान्ता र चिरञ्जीवीका दुई पुस्तक प्रकाशित
- नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
- सचिन भट्टराई र शान्तिश्री परियारको ‘यूके लान्छु’ सार्वजनिक
- Hamas rejects new Israeli ceasefire offer
- Nepal Mahotsav-2025 held in New Delhi, Indian businessmen are willing to invest in Nepal
- Ukrainian President Zelensky said – the American special envoy is spreading the Russian story
- हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई
- चितवन जाँदै प्रधानमन्त्री ओली, ६ लेनको आधुनिक सडकको उद्घाटन गर्ने
- केही दिन धैर्य भएर लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
- बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको चेतावनी
Comments are closed.