Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कुबेरचन्द्र दाहालको ‘टिस्टा–रङ्गीत’ उपन्यास सार्वजनिक

Editorial Team by Editorial Team
December 15, 2025
in Book Releases, India, Literary Festival & Event, Literature, News
0
कुबेरचन्द्र दाहालको ‘टिस्टा–रङ्गीत’ उपन्यास सार्वजनिक
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

सिलगढ़ी= सिक्किमवासी सर्जक कुबेरचन्द्र दाहालकृत उपन्यास ‘टिस्टा–रङ्गीत’ सिलगढ़ीमा लोकार्पण गरिएको छ। लोकार्पण समारोह आयोजक समिति तथा प्रकाशक बुक–आण्ट पब्लिकेशन हाउसको संयुक्त आयोजनामा भानुभक्त समिति भवनस्थित किताब केफेमा कार्यक्रम सम्पन्न भएको हो।
समारोहको अध्यक्षता उत्तरबङ्ग विश्वविद्यालयका भूतपूर्व प्राध्यापक लक्ष्मीकान्त शर्माले गर्नुभएकाे थियाे भने साहित्य चौतारी सांस्कृतिक प्रतिष्ठान, बिर्तामोड़का अध्यक्ष एवं संरक्षक देवीभक्त श्रेष्ठ प्रमुख अतिथि रहनुभएकाे थियाे । कृतिको विधिवत् लोकार्पण लक्ष्मीकान्त शर्मा, देवीभक्त श्रेष्ठ, प्राध्यापक डा. मोहन पी. दाहाल र लेखक कुबेरचन्द्र दाहालले संयुक्त रूपमा गर्नुभएकाे थियाे ।
उपन्यासमाथि टिप्पणी गर्दै गायक, नाट्यकार तथा साहित्यकार जगदीश शर्माले ‘टिस्टा–रङ्गीत’ लाई सिक्किम र दार्जीलिङ क्षेत्रको भाषिक–सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने सृजनात्मक दस्तावेजको रूपमा चित्रित गर्नुभयाे । सर्जक संवाद सत्रमा लेखक दाहालले भारतीय नेपालीहरूले भोग्दै आएका पहिचान, विस्थापन र सांस्कृतिक सङ्घर्षलाई उपन्यासको केन्द्रीय विषयवस्तु बनाएको बताउनुभयाे । उहाँले भारतीय संविधान नेपालीमा अनुवाद गर्ने आफ्नो प्रयास र त्यस कृतिको तेस्रो संस्करणसम्मको प्रकाशनले प्राप्त गरेको स्वीकार्यतासमेत स्मरण गर्नुभयाे ।
कार्यक्रममा लक्ष्मीकान्त शर्मा र जीवन अधिकारीलाई सम्मान गरिएको थियो। कवि लीला अनमोलले कविता वाचन गर्नुभयाे भने सर्जकको परिचयसम्बन्धी श्रव्य–दृश्य प्रस्तुति पनि राखिएको थियो। स्वागत सम्बोधन तथा प्रकाशकीय वक्तव्य बुक–आण्ट पब्लिकेशन हाउसका निर्देशक राजा पुनियानीले राख्नुभएकाे थियाे भने कार्यक्रम सञ्चालन युवराज सुन्दासले गर्नुभएकाे थियाे ।
नेपाल र भारतका विभिन्न क्षेत्रबाट साहित्यकार, प्राध्यापक, कलाकार तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त समारोहले उपन्यास ‘टिस्टा–रङ्गीत’ लाई पाठकमाझ औपचारिक रूपमा परिचित गराएको छ।

Advertisement Banner
Previous Post

नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम

Next Post

राष्ट्र बैंकले लिने नीतिहरू व्यवहारिक नहुँदा निष्कृय कर्जा बढ्ने गरेको विज्ञहरूकाे भनाइ

Editorial Team

Editorial Team

Next Post
राष्ट्र बैंकले लिने नीतिहरू व्यवहारिक नहुँदा निष्कृय कर्जा बढ्ने गरेको विज्ञहरूकाे भनाइ

राष्ट्र बैंकले लिने नीतिहरू व्यवहारिक नहुँदा निष्कृय कर्जा बढ्ने गरेको विज्ञहरूकाे भनाइ

Recommended

India Beat South Africa by 30 Runs, Win T20I Series 3–1

India Beat South Africa by 30 Runs, Win T20I Series 3–1

3 months ago
USA sending 2 million doses of pediatric Pfizer COVID-19 vaccines to Nepal

USA sending 2 million doses of pediatric Pfizer COVID-19 vaccines to Nepal

4 years ago

Don't Miss

Balendra Shah’s RSP continues its march towards a historic victory in general elections in Nepal

Balendra Shah’s RSP continues its march towards a historic victory in general elections in Nepal

March 8, 2026
RSP’s Balen Shah receives victory certificate after landslide win in Jhapa-5

RSP’s Balen Shah receives victory certificate after landslide win in Jhapa-5

March 8, 2026
US President Trump invites PM Modi to be part of Gaza’s “Board of Peace”

PM Modi congratulates Nepal on peaceful, successful elections

March 8, 2026
India Congratulates Nepal on Successful Elections, Expects Cooperation with New Government

India Congratulates Nepal on Successful Elections, Expects Cooperation with New Government

March 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.