सूर्यप्रसाद लाकोजूद्वारा लिखित “पनौतीका केही जात्रापर्वहरू”प्रकाशन

काभ्रेका साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूद्वारा लिखित “पनौतीका केही जात्रापर्वहरू” नाम दिइएको पुस्तक प्रकाशन भएको छ । सो पुस्तक अक्षरमार्गले प्रकाशन गरेको हो ।
हामीलाई सन्देश बाकसबाट प्राप्त सन्देशअनुसार पुस्तकलाई विषयवस्तु अनुसार चार खण्डमा विभाजन गरिएको छ । पनौती नगरको परिचय, इतिहास, जात्रा पर्वहरू, मकुण्डो नाच आदि पुस्तकमा समेटिएका छन ।
पुस्तकका सर्जक साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रध्दा, भक्ति र प्रेमको प्रतीक रहेको विचार ‘शब्दपथ’लाई व्यक्त गर्नु भयो । एक अर्को प्रसङ्गमा साहित्य सिर्जना र अनुसन्धान फरक विषय रहेको पनि बताउनु भयो । पुस्तकमा पनौतीको इतिहास , यहाँ मनाइने जात्रा, पर्व, ऐतिहासिक नाच आदिका बारेमा जानकारी दिइएको कुरा लेखक सूर्य लाकोजूले बताएका छन् ।
साहित्यकार सूर्य लाकोजूका नेपाली साहित्यका कविता, कथा, निबन्ध जस्ता विविध विधाका साढे तीन दर्जन साहियिक कृति प्रकाशित छन् । साथै त्यत्तिकै संख्यामा उहाँका सम्पादित कृति पनि छन् ।

Comments are closed.