लाकोजूको कथासङ्ग्रह “सत्याग्रह” बजारमा

साहित्यकार सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह “सत्याग्रह” बजारमा आएको छ । २०४६ साल चैत्र २६ गतेको उपलब्धिलाई स्मरण गर्दै सत्याग्रह चैत्र महिनामा प्रकाशन गरेको कथाकार लाकोजूको कथन छ । चैत्र महिनामा भएको राजनैतिक परिवर्तन पनि कथाको विषय रहेको छ ।
सत्याग्रहमा एघार वटा कथाहरू रहेका छन् । प्राय कथाहरू हुँदा खाने भूईँमान्छेका छन् । उनीहरूको दु:ख, सङ्घर्ष , पीडा कथा भएर पोखिएका छन् । त्यस्तै कथाहरूमा माया, प्रेमका सन्दर्भ पनि छन् । सामाजिक सञ्जालको दुरुपयोगका कारण जीवन बर्बाद भएको प्रसङ्ग पनि कथामा छन् । राजनैतिक आस्था र विश्वासका कारण क्रान्तिमा होमिएका सपूतका योगदानको चर्चा पनि कथाहरूमा छन् । सो कथासङ्ग्रह ट्रान्सवल्र्ड पब्लिकेशन काठमाडौले प्रकाशन गरेको हो ।
कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक , अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका यो पहिलो कथासङ्ग्रह हो ।

Comments are closed.