सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार एवम् नेपाली शिक्षा क्षेत्रका कुशल प्रशासक साहित्यकार डा. महेन्द्रकुमार मल्लको कविता सङ्ग्रह ‘भाषाको बकपत्र’ तथा सांगीतिक कोशेली ‘कर्र्ली केश’ एक साथ लोकार्पण भएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मध्यपश्चिमाञ्चल गजल मञ्चको आयोजनामा कविता सङ्ग्रह एवम् सांगीतिक कोशेली ‘कर्ली केश’ गीतको लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार सनत कुमार रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
‘भाषाको बकपत्र’ कविता सङ्ग्रहमा ३४ वटा कविताहरु सङग्रहित छन् भने ‘कर्र्ली केश’ गीतमा डा.महेन्द्रकुमार मल्लको शब्द रचनामा गायिका रचना रिमालको स्वर रहेको छ । शिव संगीतले संगीत भरेको उक्त गीतको म्यूजिक भिडियोमा वरिष्ठ नृत्यनिर्देशक कूलमान नेपालीको निर्देशन रहेको छ । निकै फरक ढंगबाट निर्माण गरिएको गीतमा मिस पवि र अनुराग मल्लको अभिनय रहेको छ भने सुदीप सागरको एरेन्जर रहेको ‘कर्र्ली केश’ लाई प्रिज्म रेकर्डिङ्ग स्टुडियो, बबरमहल, काठमाडौंमा रेकर्ड गरााइएको छ । म्यूजिक भिडियोको छायाँङ्कन अर्जुन सापकोटाले गरेका हुन् ।
Trending Now
- Jammu and Kashmir: 28 people, mostly tourists, killed in terrorist attack in Pahalgam
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
Comments are closed.