पूर्वशिक्षक तुलसी पण्डितको बालकथासंग्रह ‘एलियनलाई प्रश्न’ प्रकाशित भएको छ। तीन दशकसम्म शिक्षण पेसामा रहेका भरतपुर– १३ चम्पानगरका पण्डितको पुस्तकमा चित्रसहितका १८ वटा बालकथा संग्रहित छन्।
पण्डितले बालबालिकालाई साहित्यमा रुचि बढाउने उद्देश्यसहित बालकथा प्रकाशन गरेको बताए। कथासंग्रहमा बालबालिकाले सुनेका, देखेका र बोध गरेका विषयलाई सरल ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ।
पण्डितका अनुसार कथाहरूमा आदर्श, इमानदारी, कर्तव्य, नैतिकता, सदाचार, सुन्दरताजस्ता असल पक्ष समावेश गर्दै बालबालिकाका कल्पना, साहस र सफलता समेटिएका छन्।
साहित्यकार पण्डितको यसअघि तिजको सौगात (गीतसंग्रह), तुलसी रस (कवितासंग्रह), लोकगीत मञ्जरी (गीति कवितासंग्रह), तुलसीपत्र (कवितासंग्रह), पसिनाको फूल (सामाजिक उपन्यास) र तरंग (गीति कवितासंग्रह) प्रकाशित भइसकेका छन्।
Trending Now
- Knighthood awarded to director Christopher Nolan, becoming ‘Sir’ Christopher Nolan
- Russian oil spill pollutes 50 km of Krishna Sea coast
- गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
- TIPF agreement between Nepal and Korea
- At least 100 North Korean soldiers die in Ukraine war
- Again the date of Sunita and Butch’s return to Earth is uncertain
- चितवन राष्ट्रिय निकुञ्ज भ्रमणमा स्वदेसी भन्दा विदेशी बढी
- Cold will increase further in Kathmandu, may be less than 2 degrees Celsius
- नेपालमा क्यान्सर विरुद्ध एचपिभी खोप किशोरीलाई निशुल्क लगाइने
- प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए
Comments are closed.