पूर्वशिक्षक तुलसी पण्डितको बालकथासंग्रह ‘एलियनलाई प्रश्न’ प्रकाशित भएको छ। तीन दशकसम्म शिक्षण पेसामा रहेका भरतपुर– १३ चम्पानगरका पण्डितको पुस्तकमा चित्रसहितका १८ वटा बालकथा संग्रहित छन्।
पण्डितले बालबालिकालाई साहित्यमा रुचि बढाउने उद्देश्यसहित बालकथा प्रकाशन गरेको बताए। कथासंग्रहमा बालबालिकाले सुनेका, देखेका र बोध गरेका विषयलाई सरल ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ।
पण्डितका अनुसार कथाहरूमा आदर्श, इमानदारी, कर्तव्य, नैतिकता, सदाचार, सुन्दरताजस्ता असल पक्ष समावेश गर्दै बालबालिकाका कल्पना, साहस र सफलता समेटिएका छन्।
साहित्यकार पण्डितको यसअघि तिजको सौगात (गीतसंग्रह), तुलसी रस (कवितासंग्रह), लोकगीत मञ्जरी (गीति कवितासंग्रह), तुलसीपत्र (कवितासंग्रह), पसिनाको फूल (सामाजिक उपन्यास) र तरंग (गीति कवितासंग्रह) प्रकाशित भइसकेका छन्।
Trending Now
- Iran’s President Ebrahim Raisi is confirmed dead after rescuers reached the crash site
- सरला रेग्मी र कवि नुमराज बराललाइ इच्छुक पुरस्कार
- राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
- फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
- परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ आयोजना गरिने
- जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक
- विन्दु अधिकारी ढकालको ‘कोपिलाका सुगन्ध’ विमोचन
- सरकारले किर्गीस्तानमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह
- आजको बैठकमा रवि लामिछानेलाई कांग्रेसले बोल्न दिने
- ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता
Comments are closed.