पोखरेलको महाकाव्य ‘माइपोखरी’ लोकार्पण

प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपाल भक्तपुरको संयुक्त आयोजनामा लोकार्पणको कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा कविराज घिमिरेको अध्यक्षता तथा मुकुन्द शर्मा चालिसेको प्रमुख आतिथ्यतामा स्रष्टा दीनानाथ पोखरेलको महाकाव्य ‘माइपोखरी’ को लोकार्पण गरिएको हो ।

कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’, डा. देवी नेपाल, चन्द्रप्रसाद न्यौपाने, डा. इन्दुल केसी, राजन न्यौपाने, डा. सीता सुवेदी पन्थीको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा  प्रमुख अतिथिले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको यस लोकापर्ण कार्यक्रममा लोकार्पित कृतिको बारेमा डा. देवी नेपालले चर्चा गर्नुभएको थियो ।

यसैगरी मञ्चमा आसिन प्रमुख अतिथि, विशिष्ट अतिथिहरूले स्रष्टा दीनानाथ पोख्रेललाई कृतिगत बधाईं तथा शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

कृतिभित्रबाट  पुजन मिश्र, विद्या अनामिका तिवारी, धरणी गुरागाईं, सम्पत काफ्ले, कमलराज केसी, कृष्णप्रसाद पौडेलले पाँच पाच श्लोक रचना वाचन गर्नुभएको थियो ।

स्रष्टा दीनानाथ पोख्रेलका यसअघि ‘श्रद्धाञ्जली शोकखण्डकाव्य’ र ‘मुटुभित्रको माटो’ गरी दुई छन्द कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

जीवनाथ अधिकारीद्वारा सञ्चालित आजको कार्यक्रममा अन्त्यतिर स्रष्टाले लेखकीय मन्तव्य तथा भक्तपुर बुढ्यौली समाजका अध्यक्ष कविराज घिमिरेले कार्यक्रको समापन गर्नुभएको थियो ।

Comments are closed.