कवि श्यामबहादुर भावुकद्वारा लेखिएको पुस्तक ‘फेरि जन्मन्छन् जन्मदैनन्’ विमोचन गरिएको थियो।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा प्राध्यापक एवम् प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहका बीच विमोचन सम्पन्न गरिएको थियो ।
ब्रह्मवेत्ताचार्य अर्जुन विरक्ति तोत्रियको जीवनकथामा आधारित उक्त लोककाव्यको लोकार्पण गर्दै प्रा. दिनेशराज पन्तले— ‘लोकलयमा लेखिएका यस्ता कृतिहरू सर्वसाधारणले पनि बुझ्नसक्ने र जनमानसमा गहिरो प्रभाव छाड्न सक्ने भएकाले कवि भावुकले एउटा असल व्यक्तिको जीवनकथामा आधारित कृति लेखेर नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेको’ उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा प्रमुख वक्ता प्रा.डा. रामप्रसाद ज्ञवालीले कृतिभित्रको सारतत्वलाई केस्रा केस्रा केलाउनुभएको थियो भने कृतिनायक अर्जुन विरक्ति तोत्रिय, कृतिकार श्यामबहादुर भावुक र कवि यादव भट्टराईले पनि आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो । कृतिभित्रका केही लाइन कविताहरू पाठ गर्ने कविहरूमा— डिल्लीप्रसाद मुलतिहुन, श्रीराम पौडेल, विष्णुमाया पौडेल, शिवनारायण जोशी, उर्मिला कोइराला र दीपशिखा मुखिया हुनुहुन्थ्यो ।
प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गोरक्ष पीठाधीश श्रीनाथ योगीजीले आशीर्वचन प्रदान गर्नुभएको थियो भने भूमिकालेखक त्रय प्रा.डा दुर्गाप्रसाद अर्याल, कवि भुवनहरि सिग्देल र हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले पनि शुभकामना दिनुभएको थियो । अन्त्यमा प्रायोजकको तर्फबाट कृष्ण अधिकारी र प्रकाश गौतमले यस्तो विशिष्ट कार्यक्रममा सहभागी हुन पाएकोमा कृतज्ञता प्रकट गर्नुभएको थियो ।
Trending Now
- सरला रेग्मी र कवि नुमराज बराललाइ इच्छुक पुरस्कार
- राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
- फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
- परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ आयोजना गरिने
- जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक
- विन्दु अधिकारी ढकालको ‘कोपिलाका सुगन्ध’ विमोचन
- सरकारले किर्गीस्तानमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह
- आजको बैठकमा रवि लामिछानेलाई कांग्रेसले बोल्न दिने
- ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता
- संसद बैठक दिउसो दुई बजेसम्मलाई स्थगित
Comments are closed.