सिर्जना अर्यालको ‘बोध अन्तर्बोध’ कवितासङ्ग्रह लोकार्पण

सिर्जना अर्याल अधिकारी ‘बोध अन्तर्बोध’ कवितासङ्ग्रह सार्वजनिक गरिएको छ । शास्त्रीय छन्दमा कविता लेख्नेहरूका निम्ति सुन्दर उदाहरण यो पुस्तकको धादिङको सुन्दर र ऐतिहासिक स्थल सिद्धलेक गाउँपालिका बुङ्चुङमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको थियो । प्राज्ञ तथा व्यंगकार नरनाथ लुइँटेल र कविकी आमा लक्ष्मी अर्यालद्वारा पुस्तकको विमोचन गरिएको थियो। डा. नवराज लम्साललगायतका कविहरूले कविता वाचन गर्नु भएको थियो।

समालोचक रामहरी लम्सालले कृतिको समीक्षा गर्नु भएको थियो। कार्यक्रममा धादिङका स्रष्टा र सञ्चारकर्मीहरू, तथा काठमाडौँबाट पनि सष्टाहरूको उपस्थिति रहेको थियो।

१३४ पेजको यो कृतिमा १८ छन्दका ६० वटा कविताहरू छन्। यो कवि सृजना अर्यालको दोस्रो कवितासंग्रह हो।

Comments are closed.