नेपाल भारत दूतावास, काठमाण्डौँको आयोजनामा, नेपाल भारत पुस्तकालय, न्यूरोडमा `नेपाल भारत साहित्यिक समारोह´ अन्तर्गत पुस्तक विमोचन र लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको खबर छ ।
उक्त कार्यक्रममा साहित्यकार डा. स्वेता दीप्तीको ` टुकडोंमे बटी जिन्दगी´ ‘कहानी सङ्ग्रह ( लघुकथा र कथाको मिश्रित ) विमोचन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई , विशिष्ट अतिथि हाम्रो लघुकथा केन्द्र नेपालका अध्यक्ष लता केसी, अतिथि आख्यानकार नारायण तिवारी , अर्का अतिथि स्नेह सायमि, कृतिकार डा. स्वेता दीप्ती , उद्घोषक सत्येन्द्र दहियाले कृतिको सामूहिक विमोचन गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्री राईले नेपाल र भारतको सदियौँ देखिको राजनितिक , भौगोलिक ,कुटनितिक ,सांस्कृतिक सम्बन्ध रहेको जिकिर गर्दै यस्ता साहित्यिक कार्यक्रमले यदाकदा भएका राजनीतिक र भौगोलिक तिक्तकालाई नाश गरेर सम्बन्ध सुमधुर बनाउन भुूमिका खेल्ने बताउनु भयो । मन्तव्यको क्रममा विशिष्ट अतिथि श्रीमती केसीले नेपाली लघुकथाको अवस्थाबारे चर्चा गर्दै साहित्यको क्षेत्रमा आजको समय भनेको लघुकथाको समय हो भन्नु भयो ।
कार्यक्रममा नेपाली स्रष्टा नारायण तिवारी र लता केसीले नेपाली भाषामा , स्नेह सायमिले नेपाल भाषामा र भारतीय स्रष्टाहरू डा. स्वेता र डा. आसावरी बापटले हिन्दी भाषामा लघुकथा वाचन गर्नु भएको थियो ।
सत्येन्द्र दहियाले सञ्चालन गर्नु भएको सो कार्यक्रममा स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । समारोहका अध्यक्ष स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँका डाइरेक्टर डा. आसावरी बापटले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नु भएको थियो ।
Trending Now
- 13 million people in Ukraine urgently need humanitarian assistance
- शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
- वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
- बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय काठमाडौंमा बैठक सम्पन्न
- संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
- Nepali Ambassador to Belgium Lamsal presents credentials
- On the invitation of the Chinese Communist Party, the leaders of the Maoist Center reached Chongqing, China
- आज महावीर जयन्ती : जैन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाउंदै
- मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको पत्र
- National Health and Scientific Summit in Kathmandu from Thursday
Comments are closed.