‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ गौतम, बस्नेत र घिमिरेलाई

काठमाडौं :  नेपाल सरकारले राजनेता एवं वरिष्ठ साहित्यकार बीपी कोइरालाको नाममा  स्थापना गरेको पुरस्कारबाट पुरस्कृत हुने व्यक्तित्वको नाम घोषणा गरेको छ ।   संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले २०७८  को  ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’को घोषणा गरेको हो ।

मन्त्रालयले २०७८ को उक्त  पुरस्कार  वि.पि कोइराला राष्ट्रिय पुरस्कार राजनीतिक दर्शत तर्फ श्री वि.पि संग्रहालय (सुन्दरीजल) र राजनीतिज्ञ श्री पुरुषोत्तम बस्नेत काठमाडौँलाई प्रदान गर्ने छ । साहित्यिकतर्फ आख्यानतर्फ डा. धु्रवचन्द्र गौतमलाई  र काव्यमा डा. विष्णुविभु घिमिरेलाई   प्रदान गर्ने निर्णय गरेको छ ।

 

Comments are closed.