Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

बजेट २०७९/०८०को प्रारुप

Editorial Team by Editorial Team
May 29, 2022
in Business, Feature, Nepal, News
0
बजेट २०७९/०८०को  प्रारुप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ —सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्माले २०७९÷८० का लागि बजेट प्रस्तुत गर्दै उपलब्ध प्राकृतिक स्रोत साधन, श्रम शक्ति, पुँजी र प्रविधिको एकीकृत परिचालनबाट रोजगारी सिर्जना र गरिबी निवारण गर्ने लक्ष्य लिइएको बताए ।
सरकारले आगामी बजेटमा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने बताएको छ ।
त्यस्तै वित्तीय अनुशासन कायम गरी मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्ने लक्ष्य सरकारको रहेको छ । सरकारले आगामी बजेटमा कृषि क्षेत्र, नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास, पूर्वाधार विकास र पुँजी निर्माण तथा वैज्ञानिक अनुसन्धान र विकासलाई प्राथमिकतामा राखेको छ।
कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ ।
अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड लिइनेछ । त्यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ४२ खर्ब २६ करोड र २ खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कुल ४ खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइनेछ ।
बजेटका केही लक्षहरुमाः बजेटमा लैंगिक अल्पसंख्यकका मुद्दा समेटनृ, नियोगहरूको संख्यामा पुनरावलोकन गर्ने, व्यवासयिक रूपमा भू–उपग्रह सञ्चालन गर्ने । विदेशमा रहेका नियोगको संख्या पुनरावलोकन गरिने, सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाउने ।वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने । सरकारले इन्टरनेट सेवा शुल्क घटाउने । आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य । स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब रूपैयाँ विनियोजन गर्ने । ६८ वर्षमै वृद्धभत्ता दिन साउनदेखि लागू हुने । कृषि उत्पादन बढाउन प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय संयन्त्र बनाइने । ६५५ स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालको निर्माण सम्पन्न गरिने । आगामी तीन वर्षभित्र भूमिहीन दलितलाई आवासको व्यवस्था गरिने ।साहित्यिक लेख तथा रचनामाकाे राेयल्टीमा १.५ प्रतिशतमात्र करकट्टी हुने घोषणा ,आयकरको सीमामा बढोत्तरी गरेको छ। यसै गरि

करचुक्ता प्रमाणपत्र स्वयम् प्रिन्ट गर्न सकिने व्यवस्था गरिने
• एचएस काेड २०२२ कार्यान्वयनमा ल्याइने ।
• पेट्रोल पम्पहरुले रियल टाइम विद्युतीय बिल जारी गर्ने व्यवस्था गरिने
• बजार अनुगमन वर्षको रुपमा मनाइने
• सेनिटरी प्याड उत्पादन गर्न आवश्यक सामाग्री आयात गर्न १ प्रतिशत मात्र भन्सार
• विलासिताको सामान आयात तथा पैठारीमा लाग्ने करमा वृद्धि
• वार्षिक ३० लाखसम्म आय भएका करदातालाई ७५ प्रतिशत र ३० लाख देखि १ करोड आय भएकालागि ५० प्रतिशत छुट
• ५ लाख व्यक्तिगत र दम्पतिकाे हकमा ६ लाखसम्म अायकर नलाग्ने ।
• वैदेशिक ऋण २ अर्ब ४२ अर्ब २६ करोड
• वैदेशिक अनुदान ५५ अर्ब ४६ करोड
• राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड
• प्रदेश तथा स्थानिय ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत
• वित्तीय व्यवस्था २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२.८ प्रतिशत
• नागरिकता लिदा नै पान नम्बर
• पूँजीगत ३ खर्ब ८० अर्ब ३८ करोड २१.२
• चालु तर्फ ४२ प्रतिशत ७ खर्ब ५३ अर्ब ४० करोड
• बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड
• आगामी आर्थिक वर्ष सरकारी कार्यालयका लागि सवारी साधन खरिद नगर्ने
• सरकारी सेवामा १० प्रतिशत दरबन्दी कम गरिने
• वित्तीय जोखिम रजिष्टरी राखिने
• सार्वजनिक ऋणलाई पूँजीनिर्माणमा परिचालन गरिने
• राष्ट्रिय अनुदान नीति तर्जुमा गरिने
• निजामतिको तलब साउन १ गतेदेखि १५ प्रतिशत वृद्धि
• सार्वजनिक सेवा कागजरहित बनाइने
• सार्वजनिक सेवा प्रवाहलाई सरलिकरण गरिने
• विकास समिति ऐन २०१३ खारेज
• भर्चुअल दुतावास निर्माण गरिने
• कारागार सुधारकाे लागि ३७ कराेड विनियाेजन
• व्यक्तिगत घटना विवरणलाई अनलाइन गरिने
• २ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने
• स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानलाई संघिय मामिला प्रशिक्षण प्रतिस्थानमा रुपपान्तरण गरिने
• ५० लाखकाे आयाेजना स्थानीय निकायलाई र १ कराेडकाे आयाेजना प्रदेशलाई
• सार्वजनिक पद धारण गनेेले हेटाैडा कपडा उद्याेगकाे कपडा प्रयाेग गर्ने ।
• निक्षेप बीमाको सीमा ३ लाखबाट ५ लाख पुर्याइने
• १ अर्ब वा सोभन्दा बढी वा ५ अर्बभन्दा बढी कारोबार गर्ने कम्पनी, प्राकृतिक श्रोतहरुको उपयोग गर्ने कम्पनी वा अनुदान वा कर छुट प्राप्त गर्ने कम्पनीहरुले सार्वजनिक निष्काशन गर्नुपर्ने
• प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई सञ्चालन अनुमति दिइने
• वैदेशीक रोजगारीमा गएकाहरुलाई आईपीओमा १० प्रतिशत शेयर आरक्षित गर्ने
• निक्षेप बिमा अब ३ लाखबाट बढेर ५ लाख ।
• एनआरएनलाइ दाेस्राे बजारमा लगानी गर्न कानुन निर्माण गरिने
• बीमा कम्पनीले लगानीको निश्चित प्रतिशत पूर्वाधार विकास आयोजनामा लगानी गर्नुपर्ने
• लघुबीमा कम्पनीको स्थापना गरिने
• तरलता प्रवाहका लागि खुला बजार कारोबार स्थिरिकरण कोष स्थापना गरिने
• वाणिज्य बैंकहरुका प्रत्येक शाखाले कम्तिमा ५ वटा कृषि उत्पादन र प्रशोधन उद्योगलाई कर्जा उपलब्ध गराउनु पर्ने
• पूर्ण डिजिटल बैंकहरुको स्थापना
• सहुलियत पूर्ण कर्जामा थप १ प्रतिशतविन्दु छुट
• राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका लागि १ अर्ब ६१ करोड
• मातृभाषा पठन पाठन गराउने विद्यालयलाई अनुदान दिइने
• स्थानीय पूर्वाधार विभाग खारेज ।
• स्थानिय आर्थिक विकास कार्यक्रमका लागि ३ अर्ब
• सहरी विकास मन्त्रालयको लागि ३७ अर्ब ७३ करोड
• भूकम्पपछिको पुननिर्माणतर्फ ९ अर्ब ४४ करोड
• नगर विकास काेषलाई शहरी विकास कम्पनीमा विकास गरिने ।
• सीमा क्षेत्र सहरी विकास कार्यक्रम सञ्चालन गरिने
• शहरी क्षेत्रमा युटीलिटी काेरिडाेर निर्माण गरिने । यसबाट सडक पीच गर्ने अनि फेरि खन्ने प्रवृत्तिकाे अन्त्य हुने ।
• काठमाडौँको स्याटेलाइट सहरको गुरुयोजना तयार गरिने
• आफ्नै भू उपग्रह निर्माण गर्ने सम्भाव्यता अध्ययन गरिने
• सञ्चार तथा सूचना प्रविधि मन्त्रालयतर्फ ८ अर्ब ५९ करोड
• सार्वजनिक निजी साझेदारीमा दाेल्खामा फिल्म सिटी निर्माण गरिने
• पत्रकारहरुको दुर्घटना बीमा अनलाइन पत्रकारहरुलाई पनि दिइने
• सुरक्षण मुद्रण केन्द्र र मुद्रण विभागमा एक आपसमा गाभिने
• इन्टरनेट सेवा शुल्क घटाइने
• जलश्रोत तथा सिंचाइ तर्फ ३३ अर्ब ५० करोड
• नदी नियन्त्रण कार्यका लागि ३ अर्ब १९ करोड
• नदी किनाराका गरा सधै हराभरा कार्यक्रम आयाेजना गरिने ।
• रानी जमरा कुलरिया सिंचाइका लागि २ अर्ब ९० करोड सिख्टा सिंचाइ आयोजनाको लागि १ अर्ब ८८ करोड
• भेरी बबइ डाइभर्सनका लागि २ अर्ब २७ करोड
• एलपी ग्यास छाडाैं, विजुली जाेडाै अभियान चलाइने
• उर्जा क्षेत्र विकासका लागि ७५ अर्ब १० करोड
• नेपाल विद्युत प्राधिकरणले प्रिमियममा शेयर निष्काशन गर्ने
• एलपी ग्यासमा दिँदै आएकाे अनुदान विस्तारै कटाैती गर्दै लगिने । पहिलाे चरणमा सिहदरबारमा एलपी ग्यास विस्थापन गरी विद्युतीय बनाइने ।
• एलपी ग्याँस र पेट्रोलियम पदार्थ उपभोग घटाइने
• आगामी ३ महिनाभित्र महानगरभित्रका सार्वजनिक कार्यालयहरु ग्यासमुक्त गरिने
• विद्युत प्रसारण लाइन तथा सबस्टेशन निर्माणको लागि ४३ अर्ब ९५ करोड
• परम्परागत इटा भट्टालाई विद्युतीय इटा भट्टामा रुपान्तरित गरिने
• ५० स्थानमा चार्जिङ्ग स्टेशन स्थापना गरिने
• आयाेजना छनाेट गर्दा कम्तिमा ५० प्रतिशत जलाशययुक्त आयाेजना छनाेट गरिने ।
• माथिल्लो अरुण जलविद्युत आयोजनाको लागि १ अर्ब दुधकोशी जलविद्युत आयोजनाको लागि ९४ करोड
• ७१५ मेगावाट विद्युत प्रणालीमा थप गरिने
• यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको लागि १ खर्ब ६१ अर्ब ५६ करोड
• रेल र मेट्रो रेल आयोजनाको लागि ६ अर्ब ५३ करोड
• ४ भन्ज्याड ४ सुरुडकाे लागि १ अर्ब १९ कराेड विनियाेजन ।
• सडक बोर्ड मार्फत ७ अर्ब ९४ करोड
• नागढुङ्गा सुरुङ्ग मार्ग निर्माण आयोजनाको लागि ५ अर्ब २० करोड
• गल्छीदेखि स्याफुबेसीसम्म दुइ लेनमा सडक विसरतार गर्न १ अर्ब ८५ कराेड विनियाेजन
• चक्रपथ विस्तार आयोजनाका लागि १ अर्ब
• क्षत्रिय व्यापारिक मार्ग विस्तार आयोजनाको लागि ६ अर्ब ८४ करोड
• हुलाकी राजमार्गकाे लागि ६ अर्ब ७ कराेड विनियाेजन
• मदन भण्डारी राजमार्गका लागि २ अर्ब ९१ करोड
• काठमाडौँ तराइ मधेश द्रुतमार्गका लागि ३० अर्ब ७ करोड
• पूर्व पश्चिम राजमार्ग ४ लेनमा विकास गरिने ।
• थप ८०० किमि सडक सञ्जाल विस्तार, २५७ किमि सडक स्तरोन्नति
• काठमाडांै चितवन यात्रा १ घण्टामा पुग्ने गरी द्रुत मार्ग निर्माण गरिने ।
• हरित ऋणपत्र निष्काशन गरिने
• महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लािग १ अर्ब ७७ करोड
• जेष्ठ नागरिक पार्क स्थापन गर्ने
• वडामा महिला सभा आयोजना गरिने
• एक परिवारलाई एक विद्युतीय चुल्हो अभियान
• राष्ट्रिय खेलकुद परिषदका लागि २ अर्ब ९ करोड
• खेल पूर्वाधारतर्फ ८७ करोड
• गौतमबुद्ध क्रिकेट स्टेडियम पूरा गरिने
• युवा स्टार्टअपका लागि सहुलितपूर्ण ऋणको व्यवस्था
• वृद्ध भत्ता नलिने घाेषणा गर्नेलाइ सम्मान गरिने ।
• ६८ वर्ष माथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने
• खानेपानी क्षेत्रका लागि ३७ अर्ब ३५ करोड
• सहरी खानेपानी तथा सरसफाई आयोजनाका लागि ४ अर्ब ४४ करोड
• ढल निकासको उचित व्यवस्थापन गर्न २ अर्ब ४४ करोड
• खानेपानीकाे वैकल्पिक स्राेतकाे खाेजी गरिने ।
• शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानिय तहमा १ खर्ब २१ अर्ब १ करोड
• शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड
• स्वास्थ्य शिक्षा उपलब्ध गराउने शिक्षण संस्थाहरुले वर्षमा दुई पटक भर्ना गर्न पाउने
• डडेल्धुरामा मेडिकल कलेज स्थापना
• प्राविधिक तथा व्यवसायिक शिक्षा तालिम तर्फ ८ अर्ब ३० करोड
• डिजिटल सामाग्री अन्य सामाग्री खरिदका लागि १० करोड
• स्वास्थ्य क्षेत्रका लागि प्रदेशमा ६ अर्ब ३६ करोड स्थानिय तहमा २७ अर्ब ४४ करोड
• स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड
• ४० वर्षभन्दा माथिका नागरिकलाइ वर्षमा एक चाेटी नसर्ने राेगकाे स्क्रिनिङ गरिने ।
• स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड
• नेसनल सेन्टर फर डिजीज कन्ट्राेल स्थापना गरिने ।
• विपन्नका लागि निःशुल्क मृगौता प्रत्यारोपण गर्न १० करोड
• डाइलासिस मेसिन खरिद गर्न २० करोड
• मृगौला रोगीहरुको निःशुल्क मृगौला प्रत्यारोपणको व्यवस्था
• शिक्षक अस्पताल निर्माण गरिने ।
• डाइलासिस गराइरहेका, क्यान्सर रोग निदान भएका विरामीहरु, मेरुदण्ड पक्षघाट विरामीहरुलाई मासिक ५ करोड औषधि खर्चका लागि १ अर्ब
• ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने
• जेष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याउने
• श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ९ अर्ब १३ करोड
• सातै प्रदेशमा बहुउद्देश्यीय तालिम केन्द्र स्थापना गरिने ।
• बालश्रम मुक्त क्षेत्र घोषणा गरिने
• वैदेशिक लगानीबाट फर्केका लागि व्यवसाय सञ्चालन गर्न सहुलितपूर्ण कर्जा
• श्रम स्वीकृत सबै श्रम कार्यालयबाट अनलाइन उपलब्ध गराउन व्यवस्था
• खाद्य सुरक्षा परिचयपत्रको व्यवस्था गरिने
• राष्ट्रिय श्रम प्रतिस्ठान गठन गरिने
• प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड
• प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरिने
• राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको लागि २ अर्ब १७ करोड
• जनताकाे रहर हरित शहर अभियान अन्तर्गत १० हजार बिरुवा राेपिने
• जलाधारको दिगो व्यवस्थापन गरिने
• भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४ करोड
• गरिब घरपरिवार सूचना प्रणालीको निर्माण गरिने
• राज्य सुविधा परिचयपत्र वितरण
• १२६ नापी कार्यालयमा अनलाईन प्रणाली
• हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड
• पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ कराेड
• कितिपुरकाे जनजाति सग्रहालय थप विस्तार गरिने ।
• मुक्तिनाथ र उप्पलो मुस्ताङ जोडिएको सडक स्तरोन्नती गरिने
• सगरमाथा जाने हालको मार्ग सुधार गर्ने
• काठमाडौँमा नेवा संग्राहलय सञ्चालन गरिने
• हिमाली गुम्बा कार्यक्रम सञ्चालन गरिने
• भूकम्पबाट क्षतिग्रस्त पुरातत्विक सम्पदाहरुको पुननिर्माण कार्य सम्पन्न गर्न २ अर्ब
• पर्यटनजन्य उद्याेगलाइ नवीकर०ा शुल्क छुट । पर्यटनलाइ २ अर्ब बजेट ।
• थप १० लाख पर्यटक भित्र्याउने गरी कायृक्रम तय गरिनेछ ।
• उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड
• अन्तरराष्ट्रिय व्यापार मेला आयोजना गरिने
• मासिक १० करोडभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई विद्युत महसुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिइने
• नेपालमा अायात हुने वसतुकाे गुणस्तरकाे मापदण्ड बनाइ लागू गरिनेछ ।
• वैदेशिक लगानी आकर्षित गर्न १० करोडसम्मको लगानी स्वचालित प्रणालीबाट गरिने
• विदेशी लगानीको न्यूनतम सीमा २ करोड
• एक स्थानीय तह एक उत्पादनकाे नीति लिइने
• वैदेशिक लगानी कानूनमा सुधार गरिने
• औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड
• पाँचखालमा विशेष आर्थिक क्षेत्र निर्माण यसै वर्ष गरिने
• धागो लगायतका उद्योग खोल्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने
• निजी क्षेत्रलाई फलफुल खेती गर्न प्रत्साहन गरिने
• जडिबुटि खेतीको बीमा गर्ने व्यवस्था मिलाइने
• बिजनेस इन्कुभेसन सेन्टरका लागि २६ करोड
• च्यालेन्ज फण्ड स्थापना गरिने
• प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रमका लागि ३ अर्ब ४५ करोड
• कृषि तथा पशुपंछि मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड
• उखु किसानलाई अनुदान उपलब्ध गराउन ८१ करोड विनियोजन
• २०७९ लाई कृषि जैवकिता वर्षको रुपमा मनाइने
• धान लगायत खाद्य भण्डारका लागि मुलुकभर १०० सामुदायिक खाद्य घर निर्माण गर्न ४५ कराेड
• मल खरीद गर्न १५ अर्व
• प्रधान मन्त्री कृषि अायाेजनाका लागि ५ अर्व ९० कराेड
• किसान हित काेषकाे स्थापन गरिनेछ । बिउ पुँजी १ अर्ब छुटयाइएकाे छ ।
• कृषि कर्जा उपलब्ध गराउन ५ खर्बकाे लघुवित्त काेष स्थापना गर्ने
• किसान हित काेषकाे स्थापना
• अात्मनिर्भरताका लागि १० अर्ब
• सामाजिक सुरक्षा काेषबाट पनि अनुदानकाे व्यवस्था मिलाइने
• कृषिकाे रूपान्तरणमा उत्कृष्टलाइ ५ कराेड अनुदान
• ढुवानीका लागि कृषि एम्वुलेस्न राखिने
• बाँझाे जमिलाइ लिजमा उपलब्ध गराउने
• अबकाे बर्ष अात्म निर्भरताकाे लागि कृषि उत्पादन बर्ष
• सबै वडामा कृषि प्राविधिक उपलब्ध गराइनेछ ।
• ३०० कृषि स्वयम् सेवक तयार गरिने
• प्राविधिक ज्ञान उपलब्ध गराउन जनशक्ति उपलब्ध गराउने व्यवस्था
• आगामी आव कृषी उत्पादनकाे वर्ष हुनेछ ।
• वित्तिय समानिकरण तर्फ प्रदेशलाइ ६१ अर्ब ४३ कराेड, स्थानिय तहतर्फ १ खर्ब २३ कराेड
• याे बर्ष १४ खर्व ४७ अर्व खर्च हुने
• मानव विकास सुचकांक ०.६ प्रतिशत पुर्याउने
• अाधारभुत कृषि उत्पादन न्यूनतम ३० प्रतिशतले कम गर्ने

 

 

Advertisement Banner
Previous Post

Bangladesh-India passenger train services resume after two years

Next Post

रम्बास कविता:बिहानी

Editorial Team

Editorial Team

Next Post
रम्बास कविता:बिहानी

रम्बास कविता:बिहानी

Recommended

Dhaka Court Sentences Former PM Sheikh Hasina, Sheikh Rehana, and MP Tulip Siddiq in Purbachal Plot Case

Dhaka Court Sentences Former PM Sheikh Hasina, Sheikh Rehana, and MP Tulip Siddiq in Purbachal Plot Case

3 months ago
A Drop of Water on the Green Leaf

A Drop of Water on the Green Leaf

4 years ago

Don't Miss

IMF considering Sri Lanka’s request for $200 Million in rapid assistance after cyclone damage

Nepal reaches final IMF ECF review agreement

February 23, 2026
Nepal: Cardamom prices decline to Rs 92,000 per man

Cardamom exports surge through Mechi customs as tea trade declines

February 23, 2026
स्टार्टअप तथा इनोभेशन प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

स्टार्टअप तथा इनोभेशन प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

February 23, 2026
Nepal-India economic cooperation needs result-oriented reforms

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

February 23, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.