वानीरा प्रज्ञापुरस्कार’ र वानीरा पुरस्कारको घोषणा

  काठमाडौं: वरिष्ठ कवि एवं गीतकांर कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञा पुरस्कार' र वरिष्ठ कवि एवं गीतकार श्रीमतीउषा शेरचनलाई 'वानीरा पुरस्कार' प्रदान गरिने भएको छ । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर नेपाली कविताको संवर्धनमाअति विशिष्ट योगदान दिए वापत  रिजाल र शेरचनलाई पुरस्कृत गरिएको वानीरा फाउन्डेसनले जनाएको छ । नेपाली साहित्यका विश्व नारी रत्न डा।वानीरा गिरीका स्मृतिमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपियाँरहेको छ ।भने 'वानीरा पुरस्कार'को राशि पचास हजार रुपियाँको  रहेको छ । डा.वानीरा गिरीको ७९ औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौंमा वानीरा फाउन्डेसन भवनको उद्घाटनहुने भएको छ।सोही अवसरमा वाङमय शताब्दी पुरुष डा।सत्यमोहन जोशीबाट यी दुवै पुरस्कार समर्पण गरिने कार्यक्रमसंयोजक भगवती बस्नेतले  जानकनरी गराएकीछिन् । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईकोअध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।

Read moreDetails
‘सृजन अविरलको मोक्ष उपन्यास पुरस्कृत’ 

  चितवन, चैत्र, १, साहित्य सङ्गम चितवनद्वारा प्रत्येक वर्ष प्रदान गरिदै आएको शहीद शिवप्रसाद पौडेल राष्ट्रिय स्मृति पुरस्कार यस वर्ष...

Read moreDetails
“हराएको मुस्कान”उपनयास लोकार्पण तथा सम्मान

    २०७८ फाल्गुन ३०, होटल ¥याडिसनमा वरिष्ठ गायिका स्मिता धिमिरेद्वारा लिखित उपन्यास “हराएको मुस्कान”को लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम...

Read moreDetails
   पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार–२०७८ घोषणा

    ३० फागुन, २०७८ पुष्पपराग साहित्य प्रतिष्ठानले विभिन्न विधामा प्रदान गर्ने पुरस्कार तथा सम्मानको घोषणा गरेको छ ।  संस्थाले...

Read moreDetails
छठा वाणी फ़ाउण्डेशन गण्यमान्य अनुवादक पुरस्कार 2022

वाणी फ़ाउण्डेशन और टीमवर्क आर्ट्स प्राइवेट लिमिटेड की ओर से प्रत्येक वर्ष जयपुर बुकमार्क (जयपुर लिटरेचर फेस्टिवल) में  विशिष्ट अनुवादक...

Read moreDetails
तीन स्रष्टा सम्मानित: इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान

७ फागुन, २०७८, इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान गरेको छ। गणेश रसिकले स्थापना गरेको फाउन्डेशनले साहित्यकार...

Read moreDetails
दुई स्रष्टा सम्मानित

५, फाल्गुन, २०७८,  नृवंश शास्त्री, समाज सुधारक श्रद्धेय धरणिधर दाहालज्यूको ९५औँ स्मृति सभामा सामाजिक बिकास मन्त्रीज्यूको प्रमुख आतिथ्यमा “धरणिधर स्मृति...

Read moreDetails
पुरस्कार स्थापना

२०७८ फाल्गुन ६ पहिलो पुस्तक लेखेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक–कविहरुको सम्मानमा साहित्यपोस्टले यो वर्ष दुईवटा पुस्तक र त्यसका...

Read moreDetails
Page 15 of 15 1 14 15