अनेसास केन्द्रीय सदस्यमा शकुन ज्ञवाली मनोनित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले केन्द्रीय सदस्यमा अमेरिकाको न्युयोर्क निवासी शकुन ज्ञवालीलाई मनोनित गरेको  छ ।  अनेसासको विधान बमोजिम मनोनित गर्नुपर्ने महिला सदस्यमा ज्ञवालीलाई मनोनित गरेको हो ।
मनोनित सदस्य ज्ञवालीसँग अनेसास न्यूयोर्क च्याप्टरको अध्यक्ष भएर काम गरेको लामो अनुभव छ । विशेषतः कविता र मुक्तकमा उनको कलम चल्ने गरेको छ ।
बैठकमा उपाध्यक्षहरू राजेन्द्र श्रेष्ठ(अमेरिका), महेश्वर शर्मा( अष्ट्रेलिया) डा. रेणुका सोलु(एसिया), सीता बराल (युरोप) तथा महासचिव विमला निरौला, कोषाध्यक्ष निजानन्द मल्ल र सदस्यहरू तारा अधिकारी, सरिता अर्याल, यादव देवकोटा, प्रमोद सारंगको उपस्थितिको रहेको थियो । बैठकमा अनेसास बोर्ड अफ ट्रष्टि सभापति गीता खत्रीको पनि सहभागिता रहेको थियो । बैठकले आगामि केही साताको लागि प्रत्येक आइतवार अमेरिकी समयअनुसार बिहानको ८.१५मा बैठक बस्ने निर्णय पनि गरेको छ ।
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतवार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो

Comments are closed.