सिक्किमका पूर्वमुख्यमन्त्री तथा स्रष्टा पवन चाम्लिङ किरण ‘पारिजात विशिष्ट सम्मान’बाट सम्मानित भएका छन् । सिर्जनामार्फत नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थान गर्दै पारिजातको सिर्जनालाई समेत स्थापित गर्न उल्लेखनीय योगदान पुर्याएको भन्दै पारिजात स्मृति केन्द्रले चाम्लिङलाई सम्मान गरेको हो ।
उक्त कार्यक्रममा कवि कुन्ता शर्मा र केन्द्रका संरक्षक सुकन्या वाइबाले चाम्लिङलाई दोसल्ला ओढाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
चाम्लिङले सिक्किममा २५ वर्ष (सन् १९९४–२०१९) मुख्यमन्त्रीका रूपमा आफ्नो लगातार ५ कार्यकाल पूरा गरे । राजनीतिसँगै उनले आफूलाई कवि, गीतकार, सम्पादक, प्रकाशकका रूपमा समेत आफूलाई चिनाएका छन् ।
Comments are closed.