भ्रष्टाचार छानबिनमा सरकारलाई समर्थनसँगै खबरदारी पनि गर्न प्रवास समन्वयन समितिको परिपत्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रवास समन्वयन समितिले पार्टी नेतृत्वमा रहेको सरकारका काम कारबाहीको समर्थन सँगै खबरदारी पनि गर्न मातहतका निकायलाई परिपत्र जारी गरेको छ ।

शुक्रबार प्रवास समन्वयन समितिले जारी गरेको परिपत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदमको प्रशंसा गर्दै यसको उचित प्रचार गर्न र यो कार्यप्रति प्रतिबद्धता जनाउन मातहतका निकायलाई निर्देशन दिइएको हो ।

भ्रष्टाचार विरोधी अभियानलाई आन्दोलनकै रूपमा अघि बढाउनुपर्ने र यसमा सरकारलाई खबरदारी गर्नुपर्नेमा पनि समितिले जोड दिएको छ ।

prabash

Comments are closed.