मोरङ– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।
कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरिएको हो ।उनका अनुसार मोरङ क्षेत्र नम्बर १ मा खड्ग फागो, क्षेत्र नम्बर २ मा डा. मिनेन्द्र रिजाल, क्षेत्र नम्बर ३ मा डा. सुनील शर्मा, क्षेत्र नम्बर ४ मा गुरुराज घिमिरे, क्षेत्र नम्बर ५ मा फुलकुमार लालवानी र क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालालाई उम्मेदवार बनाइएको छ।
घिमिरेले पार्टीको संसदीय बोर्ड र केन्द्रीय नेतृत्वको निर्णयअनुसार उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिएको बताए। मोरङ कांग्रेसको परम्परागत बलियो आधार मानिने जिल्ला हो।यसपटक क्षेत्र नम्बर ६ बाट पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालालाई उम्मेदवार बनाइनुले राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ।यस्तै, क्षेत्र नम्बर २ मा पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल र क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री डा. सुनील शर्मालाई टिकट दिइएको छ।






