पासाङ शेर्पाको ‘कोरोना कथा’ न्युयोर्कमा लोकार्पण

 

 

२७ वैशाख न्युयोर्क, अमेरिका, कोरोना महामारीमा भोग्नुपरेको समस्या र यसले पारेको असरलाई समेटिएको संस्मरणात्मक पुस्तक कोरोना कथा’ न्युयोर्कस्थित क्वीन्समा धर्मा हाउसमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो ।

अमेरिकाको न्युयोर्क  निवासी पासाङ शेर्पाबाट लिखित ‘कोरोना कथा’  संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई, नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यबाहक महावाणिज्यदूत बिष्णु प्रसाद गौतम, धर्म गुरु लोपेन गुर्मे छोड्रक लगायतको उपस्थीतिमा लोकार्पण गरिएको हो ।

कार्यक्रममा नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो । युनाइटेड शेर्पा एसोसिएसन अमेरिका र खुम्बु पासाङ ल्हामु शेर्पा समाज अमेरिकाले कार्यक्रमको आयोजना गरेको हो ।

Comments are closed.