सवारी दुर्घटनामा दुई जनाको मृत्यु     

 

काठमाडौं, २३ भदौ

सिन्धुली, सुनकोशी गाउँपालिका-३ बोहरेटारमा बा.४ ख २२६६ नम्बरको हायस र  बा.८० प ८६५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही रामनगर गाउँपालिका-१ बस्ने २३ वर्षीय अमजदको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र हायसमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको  छ । हायस चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

जाजरकोट, नलगाड नगरपालिका-८ मालुवातडामा भे.१ ख ३७३६ नम्बरको ट्रक सडकबाट करिब ३५ मिटर तल भेरी नदीको किनारमा खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार १ जनालाई उपचारको लागि प्राथमिक अस्पताल दल्लीतर्फ पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.