काठमाडौं र सोलुखुम्बुमा अन्सारी र शान्ति कुलुङ मृत अवस्थामा फेला     

 

काठमाडौं, २३ भदौ

काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित गार्मेन्टमा काम गरी बस्ने महोत्तरी सम्सी गाउँपालिका-३ घर भएका ५० वर्षीय फर्मुद अन्सारी सुतेकै ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बु, महाकुलुङ गाउँपालिका-१ बोल्तोस्म बस्ने ४३ वर्षीया शान्ति कुलुङ सोही गाउँपालिका-१ वालिखा जंगलमा बिहिबार मृत अवस्थामा फेला परेकी छन् । घाँस काट्न जंगल गएकी उनी घर नफर्कीएपछि खोजी गर्ने क्रममा उक्त जंगलको भिरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.